Add

Add

मउवा संघको साधारण सभा सम्पन्न


गत शनिबार मकवानपुर उधोग वाणिज्य संघको ५२ औं साधारण सभा स्थानीय पल्पसा हलमा सम्पन्न भएको छ । साधारण सभाले संघको वार्षिक प्रतिवेदन, लेखापरीक्षण भएको आ.व. २०७४/७५ को वित्तीय विवरण, आगामी आर्थिक वर्ष २०७५/७६ को वार्षिक अनुमानित बजेट तथा संघले हालसम्म गरेका क्रियाकलापहरु अनुमोदन गरेको थियो । त्यस्तै, सभामा संघले निर्माण गर्न लागेको ३२ कोठाको तीनतले अथिति सदनको बारेमा समेत जानकारी दिएको थियो भने संघले आगामी फाल्गुनमा हुन लागेको औधोगिक व्यापार मेलाको समबन्धमा समेत बिस्तृत जानकारी दिएको थियो । सभामा सदा झैं औधोगिक नगर घोषणाको माग,कुलेखानी सुरुङ्ग मार्ग, महँगो व्याजदर, उधोग नीति, बैदेशिक लगानी, पूर्व-पश्चिम रेलमार्ग जस्ता विषयहरुमा सभामा उपस्थित वक्ताहरुले उल्लेख गरेका थिए । सभाको प्रमुख आतिथ्यता संघीय प्रतिनिधि सभासद माननीय विरोध खतिवडाबाट भएको थियो । 

No comments

Powered by Blogger.