ठूलो रकम विनियोजन गरेको आशंका
३ नम्बर प्रदेशको सार्वजनिक लेखा समितिले सरकारले भैपरी आउने र विविध खर्च शीर्षकमा ठूलो रकम विनियोजन गरेको भन्दै अनियमितताको आशंका गरेको छ ।
समितिको गत बुधबार बसेको बैठकमा चालू आवका लागि प्रस्तुत आय व्यय विवरणमा भैपरी आउने र विविध खर्च शीर्षकमा ठूलो रकम विनियोजन गरेकोमा अनियमितताको आशंका गरेको हो । बैठकले प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्रीलाई समेत समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको सम्बन्धित पक्षले जनाएको छ । चालु आर्थिक लागि सरकारले ल्याएको आय/व्ययको अनुमानित विवरणमा भैपरी खर्च शीर्षकमा चालुतर्फ ३० करोड र पूँजीगततर्फ ३३ करोड ६० लाख विनियोजन गरेको थियो बने बिबिध खर्च शीर्षकमा ६५ लाख विनियोजन गरेको थियो ।
समिति बैठकमा सदस्यहरूले कार्यकर्तालाई आर्थिक सहायता र चन्दाको नाममा रकम खर्च हुन सक्ने भन्दै सरकारको धारणा माग गरेको हो । यस्तै, समितिको बार्षिक कार्यक्रम तथा बजेट खाका तयार गर्न समेत उपसमिति गठन गरिसकिएको बुझिएको छ ।

No comments