विना दर्ता होस्टल चलाए कारवाहिमा परिने
मकवानपुर जिल्ला प्रहरीद्वारा गरिएको एक अनुसन्धानले मकवानपुर जिल्लामा कानुन सम्मत रुपमा दर्ता नगरी र विना प्रकृया सन्चालनमा रहेका होस्टलहरुलाई प्रक्रिया पुरा नगरी संचालन रहेमा कारवाहि गरीने भन्दै होस्टल दर्ता प्रक्रियामा जान होस्टलेका संचालकहरुलाई परामर्श दिईएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले होस्टेलहरुमा लागूऔषधको प्रयोग तथा अवान्छित क्रियाकलाप हुने गरेको जनगुनासो आएकोले होस्टेलहरुमा अनुगमन गर्दा मकवानपुर संचालित अधिकासं होस्टेलहरु दर्ता प्रक्रिया विना संचालन भएको पाईएकोले जिल्लामा संचालनमा रहेका होस्टेलहरुलाई विधिवत रुपमा प्रक्रिया पुरा गरी मात्र सन्चालन गर्न गराउन सम्बन्धित होस्टलका प्रतिनिधिहरुलाई बोलाई परामर्श दिईएको मकवानपुर प्रहरी प्रमुख एसपीले जानकारी दिएका छन्। यदी प्रक्रिया पुरा नगरी सन्चालन गरेको पाईएमा कानुन बमोजिम कारवाहि समेत गरीने निकायले जनाएको छ ।

No comments