पंचरत्नको साधारण सभा सम्पन्न
दुई वर्ष अघि ४ वटा बचत तथा ऋण सहकारीहरू एक आपसमा एकीकरण भई स्थापना भएको पंचरत्न बचत तथा ऋण सहकारी संस्थाको दोस्रो साधारण सभा गत शनिवार हेटौंडामा सम्पन्न भएको छ । चुक्तापूँजी रु. २ करोड रहेको यस सहकारीले रु ६ करोड ४१ लाख ०३ हजार बचत संकलन गरि रु ५ करोड ०९ लाख ०३ हजार कर्जा रकम वितरण गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा यस सहकारीले कुल मुनाफा रु १२ लाख १५ हजार गर्न सफल भएको थियो । यस सहकारीले सिद्धार्थपथमा ९.२५ धुर जम्गामा निर्मित ४ तल्ले पक्कि घर रु १ करोड ९९ लाखमा खरिद गरेको उक्त सहकारीको वार्षिक प्रतिवेदमा उल्लेख छ । साधारण सभामा उक्त सहकारीका अध्यक्ष विष्णुप्रसाद अधिकारीको सभापतित्व तथा जिल्ला बचत तथा ऋण संस्थाका सचिव कल्पना श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।


No comments