बुद्धचोकमा ट्राफिक जाम
भाग्यवश हेटौंडा सहरमा विगतका दिनहरुमा ट्राफिक जामकै कारण गन्तव्यमा पुग्न खासै समस्या भएको थिएँ । केहि दिन अघि टिसिएन बाइपास, सुमार्गी कम्प्लेक्स अगाडी नगरपालिकाको कर उठाउने चौकी खडा गरिएको थियो, जसले केहि ट्राफिक जाम गराउन थालेको थियो । तर पछी त्यो उक्त स्थानबाट हटाएपछि त्यहाँ फेरी ट्राफिक खुकुलो भएको छ । तर अचेल बुद्धचोकको चौबाटोमा दिन भारी नै ट्राफिक प्रहरीहरु जाम नहोस भनि सक्रिय रहेता पनि विशेष गरि बस,ट्रक र ट्रिफरको सहर भित्र जुनसुकै बेला प्रवेश र तेम्पोहरुको हतारोका कारण अनावश्यक ट्राफिक जाम हुन थालेको छ ।
स्कूल बस र नगर बस बाहेक अन्य बसहरुलाई जिल्ला प्रहरी कार्यालय र सुमार्गी कम्प्लेक्सबाट बाइपास तर्फ मोड्ने, निर्माण सामाग्री र सामान डेलिभरी गर्ने ट्रक र ट्रिफरलाई राति ८ बजे देखि बिहान ७ बजेसम्म मात्र सहरमा प्रवेश गर्न दिँदा ट्राफिक व्यवस्थापनमा केहि सघाउ पुग्ने देखिन्छ । बुद्धचोकको चारै दिशाका जेब्रा क्रसिंग अघि नै आलोपालो सवारी साधन पठाउने र रोक्ने गरेमा एकातर्फ चोकको वरिपरी हालको जस्तो ट्राफिक जामको अप्ठ्याराहरु निकै कम भएर जाने देखिन्छ भने पैदल यात्रीहरु पनि जोखिम मुक्त भएर जेब्रा क्रसिंगबाट ढुक्कसंग सडक पार गर्न सक्ने हुन्छन् ।

No comments