बडादशैंको शुभकामना
वडादशैं २०७५ को शुभ अवसरमा आफ्ना पाठक, विज्ञापनदाता तथा सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । असत्यमाथि सत्यको विजयको रुपमा मनाउँदै आएको यस महान चाडले हामी सबैलाई सकारात्मक, मिलनसार, सहयोगी, सहृदयी बन्न प्रेरणा मिलेस् भन्ने कामना पनि गर्दछौं । आ-आफ्नो अच्छेअनुसार चाडबाड मनाइरहंदा बजारमा ह्वातै बढेको मागबाट फाइदा उठाउन विभिन्न करतुतहरु पनि बढ्ने सम्भावनाहरु छन् । सवारी साधनहरुले योकेको भन्दा बढी मूल्य लिने, तरकारी तथा फलफूलहरुमा कृतिम मूल्य बढाउने आदि प्रव्रितिहरुले हरेक ठूला चाडबाडहरुमा टाउको उठाइरहेका हुन्छन् । ग्राहक ठग्ने विभिन्न उपायहरु निकाली ठूलाठूला स्वरहरुमा माइकिंग गरेर सिधासाधा जनताहरुलाई झुटा लोभ देखाई आकर्षित पनि गरिरहेका हुन सक्तछन् । यी सबै बेथितिहरुले प्रशय पाउनुमा हामी उपभोक्ताहरु पनि थोरै दोषी छौं । कतै हामीले हामीलाई आवश्यक नभएका वा आवश्यक नभएको परिमाणमा वस्तु खरिद त गरिरहेका छैनौं ?
नेपालको व्यापार क्षेत्रको कूल कारोबारको २५ प्रतिशत भन्दा बढी कारोबार यहि दशैं,तिहार,नेपाल सम्बत र छठ पर्वको एक महिमाको अवधिमा मात्र हुन्छन् भन्ने तथ्यांक रहेको छ । यसरी यो बेला ह्वात्तै बढ्ने मागबाट फाइदा उठाउन आपूर्ति कम भएर वस्तु महँगो भएको भन्दै बढी मूल्य लिने प्रवृति रहने गरेको छ । यसमा उअपभोक्ताहरु पनि सजग भै यस्तो बेलामा अनावश्यक वस्तु तथा समान भण्डारण गर्ने कार्य नगरौँ । एकपछि अर्को गरि वर्ष भरिनै आउने चाडबाडहरुलाई संयम र सरल तरिकाले मनाऔं । माया भुटनदेवी लगाएत सम्पूर्ण दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् । शुभ विजयादशमी

No comments