Add

Add

शैक्षिक गुणस्तरमा ध्यान दिनु पर्ने मुख्यमन्त्रीको भनाई


हेटौंडा ४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको भवनको सिलान्यास गर्दै तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्राविधिक शिक्षाले मुलुकमा बेरोजगारी समस्या हल हुने बताउनुभएको छ । प्राविधिक शिक्षा अहिलेको आवस्यकता रहेको अबका दिनहरुमा सरकारी विद्यालयहरुलाई पनि क्रमिक रुपमा सुधार गर्दै लैजानुपर्ने कुरामा जोड दिंदै अहिले देशमानै नमुना विद्यालयको रुपमा आधुनिक स्कुललाई लिन थालिएको बताउनु भयो । 

आधुनिकको भवन भुकम्पका कारण जिर्ण बनेपछी जाईकाको सहयोगमा १८ कोठाको भवन ६ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो । भवन निर्माण भएपछी विद्यार्थीहरु पक्की भवनमा बसेर पढ्न पाउने स्रोतले बताएको छ । कार्यक्रममा प्रदेश ३ का सांसद, नेकपाका नेता, नेपाली काग्रेस मकवानपुरका प्रवक्ता, तीन नंम्बर प्रदेश पत्रकार महासंघका अध्यक्ष, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष, शिक्षाविद पुरनबहादुर जोसी लगायतकाको सहभागिता रहेको थियो । 

No comments

Powered by Blogger.