Add

Add

सुरुङमार्ग जसरी पनि निर्माण हुने


तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्ने बताउनुभएको छ । सुरुङमार्ग निर्माण गर्नका लागि वर्षौं अघिदेखि जिम्मा लिएको पूर्वाधार विकास कम्पनिका पदाधिकारीहरु संगको भेटका क्रममा मुख्यमन्त्री पौडेलले यस्तो अडान पेश गर्नु भएको हो । यो प्रदेश सरकारको पहिलो प्राथमिकताको काम भनेकै सुरुङमार्ग निर्माण गर्नु भएकाले सुरुङ्ग निर्माण कार्य जसरी पनि गरिने उहाँको अडान रहेको थियो । पूर्वाधार विकास कम्पनीले आफूले सुरुङ्ग मार्ग बनाउने जिम्मा पाएको यत्तिका वर्ष सम्म केहि नगरे पछी सुरुङ्ग मार्ग बन्ने कुरामा जनविश्वास समेत हराउँदै गएको कुरा राख्दै उहाँले जनविश्वासलाई आफूहरुले सुरुङ्ग मार्ग निर्माण गरेर कायम राख्ने बताउनु भएको हो । 

सुरुङमार्ग निर्माण गर्ने भनेर पूर्वाधार विकास कम्पनिले काम नगर्ने भन्दै प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकलेनै निर्णय गरेर संघिय सरकारलाई अब प्रदेश सरकारले नै सुरुङ्ग मार्ग निर्माण गर्न तयार रहेको भनेर पत्र पठाईसकिएको र अबको तीन बर्षमा सुरुङमार्ग प्रदेश सरकारले निर्माण गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । तर वर्षौं अगाडीदेखि सुरुङमार्ग निर्माण गर्ने भनेर आम नागरिकसंग उठाएको रकमले आफूहरुले चिनीया कम्पनि संग संझौता भैसकेकाले सुरुङमार्ग निर्माण कार्य पूर्वाधार विकास कम्पनीले नै गर्ने कम्पनि स्रोतले बताइरहेको छ । 

No comments

Powered by Blogger.