Add

Add

सहकारी सुशासन तालिम सम्पन्न


मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा सहकारी सुशासन सम्बन्धि तालिम गतसाता सम्पन्न गरिएको छ । बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालको सहयोगमा प्रदान गरेको सहकारी सुशासन सम्बन्धि तालिमले बकैया बासीहरु लावान्वित भएको बुझिएको छ ।  गाउँपालिकाको सहयात्री बचत तथा ऋण सहकारी संस्था छतिवन, सबल महिला कृषि सहकारी संस्था धियाल, हरियाली स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था शिखरपुर, आदर्श महिला बचत तथा ऋण सहकारी संस्था ठिङ्गन र सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्था मन्थलीका सहकारीको नेतृत्वले सुशासन सम्बन्धि तालिम लिएको बुझिएको छ । 

उक्त तालिममा सहकारी अभियान, सहकारीको महत्व, सहकारीको मूल्य मान्यता, सहकारीको नीति लगायत विविध विषयमा अभिमुखीकरण प्रदान गरिएको स्रोतले जनाएको छ । तालिममा गाउँपालिकाका सहकारीका नेतृत्वहरुले आफ्ना सहकारीका वर्तमान अवस्था र सुशासनका लागि आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिका विषयमा छलफल गरेको परियोजनाका संयोजकले बताएका छन् भने तालिमका सहभागीहरुले आफ्नो सहकारीलाई आगामी दिनमा सुशासनका दृष्टिबाट अगाडी बढाउन सघाउ पुगेको बताएका थिए । साथै आफ्नो सहकारीमा बचत तथा ऋण नीति मात्रै बनाइएकाले अब कर्मचारी, आर्थिक प्रशासन, सुशासन, सदस्यता, शेयर, निर्वाचन लगायतका आवश्यक नीति निर्माणमा लाग्ने समेत तालिमका सहभागीहरुले बताएका थिए । दुई दिनसम्म सञ्चालित उक्त तालिममा बकैया गाउँपालिकाका सहकारी संयोजक, मर्सिकोर नेपालका बरिष्ठ परियोजना अधिकृत, सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आदिले सहजीकरण गरेका थिए । 



No comments

Powered by Blogger.