नो पार्किङमा भयो मौखिक सहमति
एकमहिना अगाडीबाट नै असहमतिमा अड्किएको हेटौंडा बजार क्षेत्रको नो पार्किङ्गको विषयलाई लिएर गत चारदिन देखि भने नो पार्किङ्गकै विरुद्धमा आन्दोनमा उत्रिएको मकवानपुर उद्योग वाणिज्य संघले आफ्ना आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । लामो समयदेखि आन्दोलनमा उत्रिएका व्यवसायीहरुले लिखीत सहमती नगरीकन सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
हेटौंडाको मुख्यबजार क्षेत्रमा हेटौंडा उपमहनागरपालिका, जिल्ला प्रशाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आह्वानमा नो पार्किङ गरिएको थियो । हेटौंडाको मेनरोड, राप्ती रोड र स्कुलरोडमा नो पार्किङ गरिएपछी मकवानपुर उद्योग वाणिज्यसंघको आह्वानमा गत चार दिनदेखि हेटौंडा बजारनै बन्द गरेर आन्दोलनमा उत्रिएको थियो ।
मकवानपुर उद्योग वाणिज्यसंघको टोलीसंग आज दिउसो भएको मौखिक सहमतीमा नो पार्किङ क्षेत्रलाई कायम राख्ने र कुनै ग्राहकको मोटरसाईकल एकैछिन राख्नका लागि उपयुक्त स्थानको खोजी गरिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । आज मकवानपुर उद्योग वाणिज्यसंघका कार्यबाहक अध्यक्ष माधव न्यौपाने सहितका पदाधिकारी र मेयर महत सहितको टिमका बिचमा भएको बार्ताबाट व्यवसायी र घरधनीले नो पार्किङमा सघाउने र ग्राहकको मोटरसाईकल भने उपयुक्त स्थानको खोजी गरेर मात्र केही समेय रोक्न सकिने सहमती भएको मेयर महतले बताए ।
ग्राहकको समस्यालाई मध्यनजर गरेर उपयुक्त स्थान उद्योग बाणिज्यसंघको टोली र उपमहानगरपालिकाका प्रतिनिधि मिलेर खोजी गरेपछी मात्र ग्राहकको मोटरसाईकललाई केही बेर मात्र रोक्नेगरी सहमती गरिएको मेयर महतको भनाई छ । यता मकवानपुर उद्योग बाणिज्यसंघले व्यवसायीको मोटरसाईकल नो पार्किङमा नरोक्ने र ग्राहकको मोटरसाईकल नो पार्किङ गरिएका सडकमा एक तर्फि रुपमा रोक्न दिने भनेर हल्ला फैलाएकोमा यो हल्लामा नलाग्नका लागि मेयर महतले आग्रह समेत गरेका छन् । सबैका लागि नियम एउटै भएकाले ग्राहक र व्यवसायी भनेर नो पार्किङमा नछुट्याइएको उनले बताए । मौखिक सहमती अनुसार व्यवसायीहरुको मोटरसाईकल नो पार्किङमा रोक्नै नदिने र ग्राहकहरुको भने दुई पांग्रे सावारी साधन कुनै अज्रेन्ट काम परेमा थोरै समय रोक्न दिने भएपछी आन्दोलन फिर्ता लिइएको निकायले जनाएको छ ।

No comments