महङ्गो तर कम गुणस्तरीय शिक्षा
मध्येम र गरीइब परिवारको आधा भन्दा बढी कमाई परिवारको स्वास्थ्य र बालबालिकाको शिक्षामा नै खर्च हुने गर्दछ । न्यून आय भएका परिवारले पनि आफ्ना छोराछोरीहरुलाई अंग्रेजी बोर्डिङ्ग स्कूलहरुमा पढाउन खोजेको पाइएको छ । सरकारले विधालय स्तरसम्म शिक्षा निशुल्क गरेको भएता पनि सरकारी/सामुदायिक स्कूलहरुमा स्तरीय शिक्षा नपाउने भन्दै अभिभावकहरुले सकी नसकी अंग्रेजी बोर्डिङ्ग स्कूलहरुमा नै आफ्ना बालबालिकाहरु पढाउने प्रवृति दिनानुदिन तीव्र रुपमा बढिरहेको छ । सरकारी/सामुदायिक स्कूलका शिक्षकहरुको तलब र सुविधाहरु बोर्डिङ्ग स्कूलका शिक्षकहरुको भन्दा बढी हुने र अवकाश पछी पेन्सन समेतको सुविधा भएको विधालयको शिक्षाको स्तर कमजोर हुने तर कम तलब तथा अवकाश पछीको सुरक्षा शुन्य हुने बोर्डिङ्ग स्कूलमा भने शिक्षाको स्तर राम्रो हुने कुरा भने अचम्म लाग्दो छ ।
सरकारी सेवा त हो ज गरे पनि हुन्छ । कसले हेर्न आउँछ भन्ने जस्ता गलत सोचका कारण नै त सरकारी तथा सामुदायिक विधालयहरुको शिक्षाको स्तर कमजोर भएको त हैन ? जुन पेशामा लागेता पनि आफूले दिनुपर्ने सेवाको गुणस्तर बढाउँदै लगी आफ्नो सीप बढाएर आफूलाई अझ सक्षम बनाउदै लैजानु पर्ने होइन र ? यस्तै हो भन्ने मानसिकताबाट माथि उठी अब परिवर्तित हुनु पर्दछ भन्ने मानसिकता शिक्षा क्षेत्रमा मात्र होइन सबै क्षेत्रमा स्व:स्फूर्त रुपमा नआए सम्म देश हिजो जहाँ थियो भोली पनि त्यहिँ नै रहने निश्चित छ ।
अर्कोतर्फ, गुणस्तरीय शिक्षाको नाममा फि र अनेकन शुल्कहरु असुल्ने बोर्डिङ्ग स्कूलका संचालकहरुको मनोवृत्तिले शिक्षालाई व्यापारीकरण गर्दै आइरहेको पाइन्छ । यो प्रवृत्तिमा पनि अंकुश लगाउनु जरुरी देखिन्छ ।

No comments