Add

Add

कन्सल्टेन्सी सेवाको दर्ता बन्द



पछिल्लो समय शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षाका सेवाप्रदायक संस्थाहरूको मनलाग्दी र शिक्षाका नाममा गलत गतिविधि बढ्न थालेपछि सरकारले यसलाई कडाइका साथ नियमन गर्न सुरु गरेको छ । सरकारले शैक्षिक परामर्शदाता संस्था इन्स्टिच्युट र कन्सल्टेन्सी सेवाको दर्तानै बन्द गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार भोलि देखि लागू हुनेगरी कन्सल्टेन्सी दर्ता बन्द गरिएको हो । अर्को नीतिगत व्यवस्था नभएसम्म कन्सल्टेन्सी दर्ता बन्द भएको बुझिएको छ । आवेदन लिने कार्य पनि स्थगित भए पनि सञ्चालनमा रहेका कन्सल्टेन्सीको नवीकरण भने यथावत रहने बुझिएको छ । हाल २ हजार २५६ वटा यस्ता संस्था सञ्चालमा छन् । जस मध्ये १ हजार ४७३ वटा मात्रै स्वीकृति पाएको बुझिएको छ । 

अहिले देशका हरेक शहरमा शैक्षिक परामर्श भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा संचालक गर्ने सस्थाहरु छ्यापछ्याप्ती छन् तर केहिले मात्र अनुमति लिएर संचालनमा छन् धेरै जसो अबैधानिक भेटिन्छन् । यस्ता संस्थाका कारण विद्यार्थी ठगिने गरेका भएर नै यस्तो निर्णय लिईएको सम्बन्धित पक्षको दाबि रहेको छ । 

मकवानपुर जिल्ला कै भिविन्न ठाउँहरु लगाएत हेटौंडामा पनि अधिकांस इन्स्टिच्युट र कन्सल्टेन्सीले शैशिक परामर्श, भाषा शिक्षण तथा पूर्व तयारी कक्षाका नाममा बिना दर्ता, बिना स्वीकृति खुलेआम अवैध धन्दा चलाइरहेको कानुनी निकायले जनाएको छ । यस बिषयमा हेटौंडा पत्रपत्रिकाहरुबाट नियमित खबर प्रकाशन हुनथालेपछी मकवानपुर प्रशासनले अनुगमन पनि गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो निर्णय संगै हेटौंडाका पनि सबै अवैध इन्स्टिच्युट तथा कन्सल्टेन्सी बन्द हुने भएका छन् । 

मन्त्रालय सम्म नपुगेका र प्रक्रियामै नगएका त्यस्ता सस्था अब बन्द हुनेछन् ।हेटौंडामा ३ दर्जन इन्स्टिच्युट तथा कन्सल्टेन्सीहरु संचालनमा रहेका छन् । जसमध्य ४ वटाले मात्र शिक्षा मन्त्रालयको अनुमति लिएका छन् । ८ वटा दर्ता प्रक्रियामा गई मन्त्रालयबाट अनुगमन समेत भई निर्णय प्रक्रियामा छन् भने केहि प्रक्रियामा जादै गरेको बुझिएको छ । 

No comments

Powered by Blogger.