मकवानपुरका बनकरीयाहरुलाई व्यवस्थित गरिने
बनकरीयाहरुलाई पनि एकीकृत बस्तिमा राख्नका लागि कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा अवलोकन गर्नका लागि ३ नम्बर प्रदेशका मुख्यमन्त्री स्वयम नै मकवानपुरको मनहरी गाउँपालिका वडानंम्बर ४ मुसिधाप बस्तीमा बस्दै आएका देशकै लोपोन्मुख जाती बनकरीया वस्तीमा पुगेर तीन नंम्बर प्रदेश सरकारले अब चाढै नै बनकरियाहरुलाई व्यवस्थित घर बनाईदिने घोषणा गरेको छ। मुख्यमन्त्री पौडेलले मकवानपुरका बकरियाहरुको वस्तीको अवलोकन गर्नु भएपछी उनिहरुलाई मनहरी गाउँपालिकाकै कुनै व्यवस्थित स्थानमा लगेर व्यवस्थित गराउने आस्वाशन दिनुभएको हो । बनकरीयाका लागि राम्रो घर, खेल मैदान, विद्यालय, खानेपानी बिजुली सबैको सुबिधा सहितको घर निर्माण गरिदिने समेत मूख्यामंत्रीले बताउनु भएको छ । बनकरीया जातीका लागि छुट्टै बस्तिनै बसाएर यो काम गर्न आफू तयार रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । प्रदेश सरकारले गाउँपालिकाले खोजीएको मनहरी ६ जोगिताल सुनाचुरी क्षेत्रको जग्गामा एकीकृत बस्ति निर्माण गरिदिएर राख्ने तयारी थालिएको पनि सम्बन्धित पक्षले जानकारी दिएको छ ।
प्रदेश सरकारले एकिकृत बस्ति निर्माणका लागि यो बर्षको बजेटमा रकम समेत छुट्याएको छ । यता बनकरीयाहरु पनि राम्रो घर निर्माण गरिदिएमा जंगलको बस्ति छोडेर एकीकृत बस्तिमा बस्न पाउने कुराले उत्साहित भएको बुझिएको छ

No comments