बाढी पिडीत परिवारलाई व्यवस्थित गरिने
मकवानपुर मनहरी गाउँपालिका वडानंम्बर ४ मुसिधापमा बस्दै आएका २ सय ७० परिवार बाढी पिडीत परिवारलाई पनि तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले स्थलगत रुपमा निरीक्षण गर्नुभएको छ । मनहरी गाउँपालिकाको वडानंमबर ४ अझिंगरे, चिसापानी, चुवारपाखा लगायतका स्थानबाट विस्थापित भएका बाढी पिडीतहरुलाई भेटेपछि उहाँले यस्तो निर्णय दिनु भएको हो । अबको एक बर्ष भित्रमा यहाँका बाढी पिडीतहरुलाई व्यवस्थित स्थानको खोजी गरेर एकिकृत बस्तिमा सार्ने आस्वाशन पनि उहाँले दिनुभयो । पिडितहरु एकवर्ष देखि त्यहाँको जंगलमा कष्टकर जीवनयापन गरिरहँदा पनि सरकारले आफुहरुलाई वास्ता नगरेको भन्दै गुनासो गरिरहेको समयमा मुख्य मन्त्री पौडेलले एक बर्ष भित्रमा घर निर्माण गरिदिएर उनिहरुलाई नमुना बस्तिमा सार्ने आस्वाशन दिनुभएको हो । चुरेमा बसेका बस्तिहरुलाई एकीकृत बस्तीमा सारेर राख्ने आफ्नो अभियान रहेको उहाँको भनाई छ ।
जंगलभित्र राख्न नसकिने भएकाले अन्यत्रनै सार्नका लागि सरकार तयार रहेको उहाँको भनाई छ । अहिलेको बाढी पिडीतहरुको संकटबाट मुक्ति दिलाउनका लागि आफुहरु तयार रहेको बताउनुभयो । बस्ति निरीक्षणका क्रममा मनहरी गाउँपालिकाले विपदमा परेकाहरुलाई गाउँपालिका र प्रदेश सरकारमिलेर बाढी पिडीत वस्तिका लागि नयाँ स्थानमा बसोबास गर्न तयार रहेको बताउनुभयो ।

No comments