Add

Add

हेटौंडाले यसैबर्ष दमकल किन्ने


हेटौंडा उपमहानगरपालिकाले यसैबर्ष आगलागी नियन्त्रण गर्नका लागि दमकल खरिद गर्ने तयारी गरेको सम्बन्धित निकायले जनाएको छ । हेटौंडा बजारमा घना बस्ति र उद्योगहरु बढेसंगै एउटा मात्र त्यो पनि सानो दमकल भएकाले आगलागी भएको बेलामा उक्त दमकलका कारण छिटो र छरितो रुपमा आगलागी नियन्त्रण गर्न नसकिएको भन्दै उपमहानगरपालिकाले दमकल खरिद गर्न लागेको हो । यसैबर्ष दमकल खरिद गर्नका लागि एक करोड रुपैयाँ पनि छुट्याइएको हेटौंडा उपमहानगरपालिकाका मेयरले बताउनु भएको छ । 

गतसाता हेटौंडाको ओम्याक्स हलमा भएको आगलागी हुँदा हेटौंडामा सानो दमकल भएकै कारण पनि समयमा नै आगो नियन्त्रण गर्न नसकिएको कुरामा दुख व्यक्त गर्दै मेयरले दमकल किन्ने निर्णय गरेको बताउनु भएको हो । तीन नम्बर प्रदेश सरकार, यहाँका उद्योगी व्यवसायीहरु सहितको लगानीमा सकेसम्म एकभन्दा बढी दमकल किन्न प्रयास गरिने पनि मेयर महतले जानकारी दिन उ भएको छ । 



No comments

Powered by Blogger.