सुरुङमार्ग खारेजका लागि सिफारिस
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाण्डौ सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनिले काम सुरु नगरेकाले खारेज गर्नका लागि संघिय सरकारलाई सिफारिस गरिएको सम्बन्धित निकायले बताएको छ ।यसै साता मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उहाँले नेपाल पूर्वाधार विकास कम्पनिले सुरुङमार्ग निर्माण गर्ने भनेर जनतालाई बषौदेखि छारो हालेकाले अब त्यसको संझौता खारेज गर्नका लागि सिफारिस गरिएको बताउनुभयो । प्रदेशको मन्त्री परिषद बैठकले निर्णय गरेर सुरुङ मार्ग निर्माण गर्ने भन्ने कम्पनिको संझौता खारेज गर्नका लागि सिफारिस गरिएको बताउँदै मुख्य मन्त्री पौडेलले सुरुङमार्ग निर्माण गर्छु भन्ने तर कामको भने सिन्को पनि नभाच्ने बताउँनु हुँदै आफूहरुले खारेजको लागि सिफारिस गर्नु परेको बताउनु भयो । म्याद थपेको थपेइ गर्ने भएकाले संघिय सरकार संग कुरा गरेरनै यहाँबाट संझौता खारेज गर्नका लागि सिफारिस गरिएको पनि बताउनु भएको छ । साथै सुरुङ मार्ग निर्माणका लागि प्रदेश सरकारले बजेट छुट्याइ सकेको र प्रदेश सरकारको गौरबको आयोजनाका रुपमा सुरुङमार्ग निर्माणको काम भएकाले अब प्रदेश सरकार नै सुरुङमार्ग निर्माणमा लागिपर्ने स्पष्ट पर्नु भएको थियो ।

No comments