Add

Add

दुधको मुल्य घट्दा किसानाहरुय आक्रोसित

किसानले उत्पादन गरेको दुधको मूल्य घटेको भन्दै केन्द्रीय दुग्ध सहकारी संघको आवहानमा देशब्यापी रुपमा किसानहरु आन्दोलनमा उत्रने भएका छन् । यसभन्दा अगाढी चितवनका किसानहरु मात्र आन्दोलनमा उत्रिएका थिए भने अब सरकारले सुनुवाई नगरेको भन्दै देशब्यापी आन्दोलनमा उत्रने चेतावनी देशभरका किसानहरुले दिएका हुन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमीटेडका अध्यक्षले हेटौंडामा प्रेशबिज्ञप्ती जारी गर्दै पहिले दिदै आएको दुधको मुल्य दिनका लागि माग गर्नुभयो । किसानले उत्पादन गर्दै आएको दुधमा दुग्ध बिकाश संस्थाले एकलौटी ढंगले किशानलाई मारमा पार्नेगरी मुल्य घटाइएको र दानाको मुल्य पनि घटाउनुको सट्टामा प्रतिकेजी ५ रुपैयाँ वृद्धि गराएकाले किसानहरु आन्दोलनमा उत्रिएका हुन् । 

देशभरका किसानले हाल दुग्ध विकास संस्थान र उद्योगहरुले सहकारी मार्फत विभिन्न शिर्षकहरुमा किसानलाई दिएको साविक दुग्धको मुल्य दिईनु पर्ने, कृषकले उत्पादन गरेको दुग्धको बजारको ग्यारेन्टी गरिनुपर्ने, लागतको आधारमा मुल्य समायोजन गरिनुपर्ने, दुग्ध विकास संस्थानलाई पुर्नसंरचना गरि सहकारीकरण गरिनुपर्ने, दुग्धको मुल्य निर्धारण समिती बनाईनुपर्ने लगायतका मागहरु राखेर आन्दोलमा उत्रिएका हुन् । देशभरका किशानहरुले आजैबाट जिल्लाहरुमा आन्दोलन कमिटी गठन गर्ने, भोलिबाट देशभरका दुग्ध उत्पादक सहकारी संस्था, सहकारी दुग्ध चिस्यान केन्द्र, दुग्ध विकास संस्थानको चिस्यान केन्द्र र प्राईभेट डेरीहरुको दुग्ध चिस्यान केन्द्रहरुमा कालो झण्डा सहित मागपत्रको ब्यानर राखेर विरोध आन्दोलन गर्ने बुझिएको छ । 

दुग्ध उत्पादक संस्थाहरुबिचको अन्र्तक्रियाबिना दुग्ध विकास संस्थानले विभिन्न शिर्षकमा दुग्ध उत्पादक सहकारी संस्था मार्फत किसानहरुलाई दिएको मुल्यमा गरेको कटौतीमा बिरोध गरिएको पनि किसानहरुले बताएका छन् । संस्थानबाट लागत मुल्यभन्दा कम मुल्य पाईरहेको किसानको दुधको मुल्य घटाउँदा यस पेशाबाट किसानहरु पलायन हुने र दुधमा आत्मनिर्भर हुने राज्यको लक्ष्य पुरा हुन समेत नसक्ने भएकाले घटाउको मुल्य यथाबत राख्नका लागि माग गरिएको पनि बुझिएको छ । संस्थानले एकलौटी ढङ्गबाट कटौती गरेको मुल्यलाई डिडिसिले उत्पादन गरेको दाना खरिद गरेमा मात्र प्रति केजी ३ रुपैयाँ छुट दिने भनि गरेको निर्णय मान्य नभएको र दुग्ध उत्पादक किसानले अन्य दाना उद्योगसँग खरिद गरिरहेको दानाभन्दा दुग्ध विकास संस्थानले अतिरिक्त रकम दानामा सहुलियत दिंदाको अवस्थामा समेत हाल बजारमा पाईरहेको दानाभन्दा अझै पाँच रुपैयाँ प्रति केजी महंगो भएकोमा आपत्ति जनाइएको छ । किसानको विषयमा संस्थानको गैरजिम्मेवार र अझ शोषण गर्ने संस्थानको निर्णयप्रति संघको गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

No comments

Powered by Blogger.