Add

Add

हेटौंडामा आकासेपुलको योजना


हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल निर्माण गर्ने योजना बनाएको सम्बन्धित निकायले जानकारी दिएको छ । उपमहानगरले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेश ३ को राजधानी समेत भएकाले यहाँको मुख्य बजार क्षेत्रमा आकासेपुल निर्माणका लागि संभाव्यता अध्यन गरिने बताइएको छ । त्यस्तै आगामी आर्थिक बर्षमा ६३ किलोमिटर लामो चक्रपथ निर्माणको लागि ट्रयाक खोल्ने काम गरिने भएको पनि उल्लेख गरेको छ । 

हेटौंडा उपमहानगरपालिकाको तेस्रो नगरसभा बैठकले हेटौंडा ८ कमानेमा रहेको सार्बजनिक जग्गामा पार्क निर्माणका लागि अध्ययन गरिने समेत बताइएको छ । स्थानिय सरोकारवालाहरूसँग बिस्तृत छलफल गरी उपयुक्त स्थानमा स्वगिर्य मदन भण्डारी, गणेशमान सिंह र बिपि कोइराला स्मृति पार्कको निर्माण गरिने हेटौंडा उपमहानगरपालिकाले बताएको छ । 

एक घर तीन बिरूवा र एक पानी संरक्षण पोखरी निर्माण सहितको हरियाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत हरियाली नगर निर्माण गर्नका लागि नगरबासीहरूले आफ्नो घर निर्माण गर्दा कम्तिमा ३ वटा फलफूलका विरूवा रोपी हुर्काउन लगाउने अभियानलाई निरन्तरता दिदै घर निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्दा यसको अनुगमन गरिने साथै बजार अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले उपमहानगरपालिका आफैले खाद्य परिक्षण प्रयोगशालाको स्थापना आउँदो आर्थिक बर्षको सुरुमा नै गरिने तयारी भएको पनि सम्बन्धित पक्षले जनाएको छ । 



No comments

Powered by Blogger.