अभिमुखिकरण तालिम सम्पन्न
वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, भरतपुरले असार ७ र ८ गते नलेज भिलेज नेपाल, हेटौंडामा नयाँ कर्मचारीहरुका लागि २ दिने आवासीय अभिमुखि तालिम सम्पन्न गरेको छ । उक्त तालिमको सहजीकरण उक्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य, का.मु. नायव महाप्रबन्धक निरा अधिकारी तथा प्रबन्धक घनश्याम भट्टराईले गर्नु भएको थियो ।
२४ जिल्लामा ३२ शाखाहरु मार्फत उक्त वित्तीय संस्थाले २३,५०० सदस्यहरु मार्फत रु. ४३ करोड बचत संकलन गरि रु. १ अर्ब २२ करोड कर्जा विस्तार गरिसकेको छ । मकवानपुरमा नवलपुर तथा हटियामा गरि २ वटा शाखाहरु संचालनमा छन् ।


No comments