मुलुक निर्माणका लागि सबैको साथको आवश्यकता रहेको
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारको भुमिका मुलुक निर्माण गर्नका लागि पहिलो भुमिका हुनुपर्ने बताउनुभएको छ । हेटौंडा काठमाण्डौ सुरुङ मार्गलाई प्रदेशको गौरबको रुपमा राखिएको भन्दै उहाँले यो प्रदेशले दुई बर्षबाट हेटौंडा काठमाण्डौ सुरुङबाट हिड्न सक्ने गरी तयारी थालिएको पनि प्रष्ट पार्नु भएको थियो । तीन नंम्बर प्रदेशको अभियान भ्रष्टाचार मुक्त प्रदेश बनाउन संचारकर्मीले सहयोग गर्नुपर्नेमा पनि उहाँले बताउनु भएको थियो ।
साथै उहाँले कार्याक्रमको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना स्थानिय तहमा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रमको अवसरमा स्वास्थ्य क्षेत्रमा धेरै खालका काम गर्नुपर्ने बेला आएको पनि बताउनुभएको थियो । स्वास्थ्य क्षेत्रमा गैरजिमेवारीपन, बिकृति र बिसंगतिहरु बढ्दै गएकोमा पनि उहाँले चिन्ता व्यक्त गर्नु भएको थियो ।
अहिले स्वास्थ्य निति कार्यान्वयन क्षेत्रमा रहेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा जनसक्ति कमि रहेको बताउंदै अबका दिनमा उचित काम गर्ने वातावरण तयार गर्न सकिने खालको नीति नियम बनाउन आवश्यक रहेको पनि बताउनु भएको थियो । अहिले पनि स्वास्थ्य संस्थामा ७० प्रकारका औषधिहरु निशुल्क पाउने भनिए पनि ७ थरीका औषधि पनि निशुल्क रुपमा पाउने अबस्था नरहेको प्रति उहाँको विशेष ध्यान गएको बताउनु भएको थियो । साथै राम्रो काम गर्ने कर्मचारीलाई राज्यले अन्याय नगर्ने कुरामा समेत उहाँले प्रष्ट पार्नु भएको थियो ।

No comments