Add

Add

यातायात ब्यवसायीद्वारा सापटीकोष स्थापना



दुर्घटना भएपछी समस्या हुने भएकाले मकवानपुरका पुराना यातायात व्यवसायीहरुको पहलमा केहि समयका लागि सापटी कोषको स्थापना गरिएको छ । नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्षहरु माधव अधिकारी र गोकर्ण पराजुलीको पहलमा अहिले सरकारले सेण्डिकेट लगाएको भन्दै समितिका खाता संचालनमा रोक लगाएकाले तत्काल काम चलाउनका लागि सापटी कोष संचालन गरिएको बुझिएको छ । यदि सवारीका साधनहरु अहिले दुर्घटना भईहालेमा सिन्डिकेटको यो अवस्थामा ठुलो समस्यामा पर्ने भएकाले उनिहरुको हितका निमित्त यो कोषको संचालन गरिएको नारायणी यातायात व्यवसायी संघले बताएको छ। 

यो कोष कसैका पनि विरुद्ध स्थापना भएको नभई नित्तान्त यातायात व्यवसायीहरुको राहत दिनका लागि स्थापना गरिएको बुझिएको छ। अहिले बैक अफ काठमाण्डौमा पाँच हजार रुपैयाँबाट खाता खोलेर प्रत्यक सवारी धनीलाई पाँच हजार रुपैयाँका दरले खातामा रकम राख्न लयाएर राहत दिनेगरी काम सुरु गरिएको पनि नारायणी यातायात व्यवसायी संघले जनाएको छ । 

कुनै पनि सवारी दुर्घटनामा मृत्यु भएकालाई पाँच लाख र घाइते भएमा उपचार खर्च बापत ३ लाख रुपैयाँ सहयोग गर्दै आएपनि अबका दिनबाट यातायात व्यवासायी संघका खाता सरकारले बन्द गरेकाले असहजिलो परिस्थिति सृजना होला भनेर नै राहत कोषको स्थापना गरिएको संघले जनाएको छ। अहिलेको अवस्थामा सडकमा गाडी दुर्घटना भईहालेमा समस्या पर्ने हुनाले सवारी धनीका हितका निम्ती यो काम गरिएको पनि संघको भनाई छ । 

No comments

Powered by Blogger.