Add

Add

महिलाहरुद्वारा बेसार खेति शुरु


संस्थामा आवद्ध महिलाहरुको आय आर्जन बढाउन र आर्थिकस्तर बढाउने उदेश्यले मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाले बेसार खेती शुरु गरेको बुझिएको छ । स्थानीयको चार कठ्ठा जग्गा दुई वर्षका लागि भाडामा लिएर २० क्वीन्टल बेसार खेती शुरु गरिएको बेसार खेती शुरु गरिएको संस्थाकी व्यवस्थापकले बत्ताउनु भएको छ । मकवानपुरगढी गाउँपालिकाकी कृषि प्राविधिकको प्राविधिक सहयोगमा सञ्चालक समिति, लेखा समिति र शेयर सदस्यहरुको सक्रियतामा बेसार खेती शुरु गरिएको संस्थाले जनाएको छ । 
मकवानपुरगढी ३ नं. वडा बेसार खेतीको लागि उपयुक्त मानिन्छ । नगदे बालीको रुपमा रहेको बेसार खेती यहाँका कृषकहरुको रोजाईमा पर्ने गरेको छ । 

No comments

Powered by Blogger.