विद्युतबाट व्यापार घाटा कम गर्न सकिने
नेपालको विद्युत् क्षेत्रमा उल्लेख्य लगानी गर्ने हो भने वार्षिक रु एक खर्ब बराबरको व्यापार घाटा कम गर्न सकिने बताइएको छ । हाल देशको बजेट बराबर नै व्यापार घाट भइरहेको सन्दर्भमा उक्त घाटा घटाउने एक मात्र उपायको रुपमा विद्युत् नै भएकोमा जोड दिइएको छ ।
व्यापार घाटा कम गर्ने उपायको रुमपा जलविद्युत् नै भएकाले त्यसमा जोड दिनुपर्ने साथै देश ऊर्जामा आत्मनिर्भर हुन सकेमा करिब १ खर्ब रुपैयाँ व्यापार घाटा कम हुने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले बताएको छ र त्यसको सकारात्मक प्रभाव सम्पुर्ण क्षेत्रमा पर्ने र राष्ट्रले ९.२५ अंकको आर्थिक बृद्धि हाँशिल गर्ने महत्वाकांक्षा पुरा हुने पनि मन्त्रालयले जानकारी दिएको छ ।
आर्थिक समद्धिको लागि उर्जा र सिचाई मुलुकको मेरुदण्ड भएको र ऊर्जा र सिचाईको विकासमा अहिलेको सयमलाई सुनौलो युगमा परिवर्तन गर्न सकिने पनि मन्त्रालयले जनाएको छ । ऊर्जामा आत्मनिर्भर बनाउन निजी क्षेत्रले साथ दिनुपर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ ।


No comments