Add

Add

मित्रराष्ट्रका विशिष्ट पाहुनाको स्वागत


छिमेकी राष्ट्र भारतका प्रधानमन्त्रीको दुई दिने भ्रमण हालै सम्पन्न भएको छ । केहि दिन अघि मात्र नेपालका प्रधानमन्त्री पनि मित्रराष्ट्र भारतको भ्रमण गरि फर्किएका थिए । भ्रमण सकिएपछी भारतका प्रधानमन्त्रीलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिनु कुटनीतिक प्रचलन नै बन्दै आएको छ । सोहि अनुरुप निमन्त्रणा भयो र भारतीय प्रधानमन्त्री नेपाल आएर भ्रमण गरि फर्किए पनि । तर उनको भ्रमणबाट नेपाली शासकहरुले केहि पाठ सिक्नु पर्ने देखिएको छ । पहिलो पाठ हो – " विदेशी पाहुनालाई सबै भन्दा पहिले देशको राजधानी काठमाडौंमा स्वागत गर्नु उपयुक्त हुन्छ कुनै प्रदेशमा होइन । पछी पाहुनाको इच्छा भएमा कुनै धार्मिक स्थल, पर्यटकीय क्षेत्र वा कुनै दर्शनीय स्थानको भ्रमणको प्रबन्ध मिलाउनु चैं उपयुक्त हुन्छ । अर्को कुरा, जनकपुरमा भएको विदेशी पाहुनाको स्वागतमा हाम्रा प्रधानमन्त्रीले विदेशी पाहुनाले लगाएकै जस्तो पोशाक लगाउनु आवश्यक नहोला । 

तराईका जनतासंग घुलमिल गर्ने उदेश्यले उक्त पोशाक लगाएको हो भने अन्य समयमा तराई भ्रमण गर्दा पहिरिनु चाहीं बरु उपयुक्त हुन्छ । तर विदेशी पाहुनाको औपचारिक भ्रमण र औपचारिक कार्यक्रममा आफ्नैं राष्ट्रिय पोशाकमा सजिएको भए हाम्रो स्वाभिमान र आत्मासम्मान कायम गर्न बल पुग्दथ्यो । गलत ढंगले बनाइएको नेपाली झण्डा, मुख्यमन्त्रीको संविधानप्रति व्यक्त टिप्पणी र विदेशी पाहुनालाई हमारे प्रधानमन्त्री जस्ता अभिव्यक्ति र प्रदर्शनबाट संघीय सरकारले केहि पाठ सिकेको हुनुपर्दछ । 

मुख्यमंत्रीको भाषण मैथिली वा भोजपुरीमा भएको भए मधेश सुहाउँदो हुने थियो तर त्यस्तो हुन सकेन । गणतान्त्रिक शासन व्यवस्था नेपालका लागि नयाँ भएकाले प्रदेश सरकारको सीमा, अधिकार, कर्तब्य र सहिष्णुताको अभ्यास हुने बाँकी हुँदा शुरु शुरुमा केहि गल्ति कमजोरी हुनु स्वाभाविकै होला । तर प्रदेश सरकारले आफ्नो देश र नेपाली जनताले दिएको पदको गरिमा जोगाई राख्न हर सम्भव प्रयास गर्नु जरुरी छ । 



No comments

Powered by Blogger.