अब नगर बस संचालन हुने
हेटौंडा उपमहानगरपालिकाले यहि महिनाबाट नगर सिटी बस संचालन गर्ने तयारी गरिरहेको सम्बन्धित पक्षले जनाएको छ ।उपमहानगरपालिका क्षेत्रका नागरिकलाई सस्तो र सुलभ रुपमा यात्रा गर्नका लागि सजिलो होस भन्ने उदेस्यले नगरबस संचालन गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनु भएको छ । बैशाख ,महिना भित्रबाट नै नगरबस संचालन गर्नेगरी निजी क्षेत्रसंगको साझेदारीमा काम गर्न लागिएको पनि निकायले जनाएको छ ।
नगरबस संचालन गर्ने ईच्छा देखाएर केही निजी क्षेत्रका यातायात कम्पनिहरुले ईच्छा देखाएकोले यसको प्रक्रिया अगाडी बढाएर काम सुरु भईरहेको पनि उपनगरपालिकाले जानकारी दिएको छ ।

No comments