हेटौंडाको भौतीक पूर्वाधारमा ३५ करोड मात्र
हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ लागत भन्दा माथी रकम भएका १८ वटा सडक निर्माण गरिरहेको छ ।उपमहानगरपालिकाले गतसाता पत्रकार समेलन गर्दै ठूला सडकलाई प्राथमिकता दिएर काम गरेको जनाएको थियो भने १८ वटा ठुला सडकलाई मात्र दश करोड ७३ लाख ३ हजार रुपैयाँ खर्च गर्ने जनाएको छ । सडक निर्माण गर्दा फराकिलो सडक, सडक पेटी संगै त्यसमा रुख रोपेर सुन्दर बनाउँदै काम गरिरहेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । हेटौंडा नगरलाई उत्कृष्ट र हराभरा बनाउनका लागि आफूहरु पूर्ण रुपमा लागि परिरहेको पनि उहाँले बताउनुभयो ।
हरेक सडकमा बढी रकमनै खर्च गरेर काम जारी भईरहेको र सडक निर्माण अन्तरगत हेटौंडा २ को पुरानो मकवानपुर रोड सडकको स्तरउन्नती गर्ने काम, हेटौंडा ४ को भैरबरोड चिसापानी गर्दोहीमा सडक स्तरउन्नती गर्ने काम, हेटौंडा १४ को मयुरधाप देखि वडा कार्यालय सम्म र पिपलबोट देखि वडा कार्यालय सम्मको स्लाब ढलान गर्ने काम, १४ नंम्बर वडाकै कालापानी उत्तरपानी जाने बाटोको कंक्रिट ढलान, हेटौंडा १८ को स्लाब ढलान साथै हेटौंडा १३ बनस्पतिमा स्लाब ढलान गर्ने काम भएको समेत उपनगरपालिकाले जनाएको छ ।
त्यस्तैगरी हेटौंडा ३ को सिमलथली जानेबाटो, हेटौंडा १८ को खड्कुले ठुलो दमार जानेबाटो, हेटौंडा १६, १७ को चिसापानी असोक बाटिका देखि पुरानो फायरलाईन जानेबाटो, हेटौंडा १० आँखा अस्पताल जाने बाटोमा स्लाब ढलान, हेटौंडा ४ भैरबरोड देखि बासुदेब सभाहल जोड्ने संचयकोष पछाडीको बाटो, हेटौंडा ५ सचेत टोलमा सडक स्तरउन्नती गर्ने काम, हेटौंडा २ मा लोकप्रिय देखि मानसचोक हुँदै संगमचोक सम्मको बाटो, हेटौंडा ३ लेवटमा सडक स्तरउन्नती गर्ने काम, हेटौंडा १५ मा सडक स्तरउन्ती गर्ने काम, हेटौंडा २ मा फुटपाथ तथा ड्रेन निर्माण गर्ने कामको सुरुवात गरिएको बुझिएको छ । उपमहानगरपालिकाले विभिन्न विकास निर्माण तथा पूर्वाधारहरुका १९ वटा शिर्षकमा २५ करोड २४ लाख ६९ हजार रुपैयाँ छुट्याएर काम गरिरहेको पनि जानकारी दिएको छ ।
कृर्षि, पर्यटन, शिक्षा, खानेपानी, संस्कृर्ति प्रबर्दन, खेलकुद, लैङिगिक समानता तथा सामाजिक समावेसीकरण स्थानीय सडक तथा झोलुङगेपुल, भवन तथा शहरी बिकाश, वन भुसंरक्षण, फोहोरमैला ब्याबस्थापन, बिपद ब्याबस्थापन, वडा कार्यालयको पाँच लाख बजेट, बिबीध निर्माण, ह्युमपाईप उपलब्ध गराउने, ठेक्काका केही काम लगायतका क्षेत्रमा यो बजेटले काम गर्ने उपमहानगरपालिकाले बताएको छ ।
साथै हाल सम्म तयार गर्नुपर्ने ८ वटा ऐन ल्याइएको जानकारि दिएको छ । आर्थिक ऐन, निति तथा कार्यक्रम, उपमहानगरपाकिलाको चालु आबको बिनीयोजित बजेट, न्यायीक समिति कार्यबिधी ऐन, कृर्षि ब्याबसाय प्रबर्धन ऐन, सहकारी ऐन पारित गरेर काम सुरु गरिरहेको उपमहानगरपालिकाले जनाएको छ । हरेक क्षेत्रमा काम गरेर नगरलाई हराभरा र उत्कृष्ट बनाउनका लागि परेको पनि सम्बन्धित पक्षले जानकारी दिएको छ ।

No comments