Add

Add

८ महिनाको आम्दानि २ करोड १३ लाख




चालु आर्थिक बर्षको आठ महिनाको अवधिमा मात्र हेटौंडा उपमहानगरपालिकाले आन्तरिक आम्दानीबाट १२ करोड ४४ लाख ३ हजार रुपैयाँ संकलन गर्न सफल भएको सम्बन्धित पक्षले जानकारी दिएको छ । उपमहानगरपालिकाले गतसाता पत्रकार समेलन गरी दिएको जानकारी अनुसार बार्षिक १७ करोड ७० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिए पनि हाल सम्म ७३ दशमलब १४ प्रतिशत आम्दानी गर्न सफल भएको हो । यो आम्दानीलाई अझै बृद्धी गरिदै लगिने हेटौंडा उपमहानगरपालिकाले बताएको छ । 

आन्तरिक आमदानी ७३ प्रतिशत भएपनि बाह्य आम्दानी भने हाल सम्म साउन देखि गत फागुन महिना सम्ममा ६१ प्रतिशत मात्र भएको छ । बाह्य आयको हाल सम्म ६९ करोड ६९ लाख ९० हजार रुपैयाँ आमदानी भएको छ । बाह्य आमदानीको लक्ष भने उपमहानगरपालिकाले एक अर्ब १३ करोड २१ लाख ८ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य गरेको उपमहानगरपालिकाले जनाएको छ । आन्तरिक र बाह्य आम्दानी मध्यमा कुल अहिले सम्म ७२ करोड १३ लाख ९४ हजार रुपैयाँ आमदानी गर्न सफल भएको छ । आम्दानी मध्यमा बार्षिक लक्ष भने एक अरब ३० करोड २१ लाख ७८ लाख रुपैयाँ अनुमान गरिएको र चालु खर्चमा भने हाल सम्ममा ४० दशमलब २८ प्रतिशत भएको पनि बुझिएको छ । पूँजीगत खर्च भने ४१ दशमलब ७२ प्रतिशत भएको निकायले बताएको छ । 



No comments

Powered by Blogger.