Add

Add

राप्तिपुलमा भारी सवारी रोक्न नपाइने


हेटौंडाको राप्तिपुलमाथी अबदेखि लोड भएका भारी सवारी रोक्न नपाइने भएको छ । काँटा गर्न आउने सवारी साधनको लाइन राप्ति पुलसम्म पुग्ने र जसले गर्दा पुल भासीने र दुर्घटना हुने सम्भावना बढ्दै गएकाले अबदेखि पुलमा रोक्न नपाइने भन्दै ट्राफिक प्रहरीले बोर्ड समेत झुण्डाएको छ । पुलमा भारि सवारी रोक्न नदिन जनसरोकार केन्द्र मकवानपुरले सम्बन्धित निकायलाई केहि दिन अघि ध्यानाकर्षण गराएपछी उक्त निर्णय लिईएको बुझिएको छ । अबदेखि भारी सवारीसाधन पुलमाथि रोके कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिशेषगरी रातको समयमा काँटा गर्नका लागि ठुला सवारीसाधनको निकै लामो लाइन हुनेगरेको स्थानीयहरू बताउँछन् । सम्बन्धित निकायद्वारा गरिएको यस्तो पहल र निर्णयले राप्ती पुलमा पुग्ने जोखीम न्युन हुने जन सरोकार केन्द्र मकवानपुर र स्थानीयहरू बताउँछन् । 



No comments

Powered by Blogger.