Add

Add

अवैधानिक रुपमा खोला उत्खनन् गरिदै


स्थलगत अनुगमन समितिको जारी गरेको प्रतिवेदन र निर्देशन विपरित मकवानपुरका क्रसर उद्योगहरुले फेरी अवैधानिक तरिकाले खोलाहरु उत्खनन् गर्न थालेका छन् । मकवानपुरमा नविकरण नभएका क्रसर उद्योगहरुमा अवैधानिक तरिकाले थुपारीएका ढुङगा, गिट्टी, वालुवा जफत गर्नका लागि स्थलगत अनुगमन उपसमितिको प्रतिबेदनमा उल्लेख गरिएको छ । यही सुझाब जिल्ला प्रशाशन कार्यालय र जिल्ला समन्वय समितिलाई दिइएको सम्बन्धित पक्षले जनाएको छ । 

अबका दिनहरुमा आईई गरेका खोलाहरुमा उत्खनन् गरिएपनि नबिकरण नभएका क्रसर उद्योगमा नदिजन्य सामाग्री लैजान रोक्नका लागि प्रतिबेदन मार्फत सुझाब पनि प्रशासनलाई दिइएको थियो तर, अहिले पून निर्देशन विपरित खोला उत्खनन भइरहेको बुझिएको छ । अहिले हेटौंडाका राप्ती खोला, मनहरी खोला, किसेडी खोला क्षेत्रमा अवैध रुपमा खोलाको दोहन कार्य भईरहेको बुझिएको छ । 







No comments

Powered by Blogger.