हाम्रो शुभकामना !!
नव वर्ष २०७५ को शुभ अवसरमा हाम्रा सम्पूर्ण पाठक, विज्ञापन दाता तथा शुभेच्छुकहरुमा हाम्रो शुभकामना ! देशमा लामो समय देखिको सम्पूर्ण नेपाली जनताको हक, अधिकार र समानताको लागि गरिएको राजनैतिक आन्दोलन र त्यसबाट उब्जिएको संक्रमण अवस्था तिन तहको सफल निर्वाचनसंगै नयाँ संविधान पूर्ण रुपमा कार्यान्वयनमा आइसकेकाले अब टुंगिएको छ । केन्द्रमा पहिलो पल्ट प्रजातान्त्रिक अभ्यासकै सबैभन्दा बलियो सरकार स्थापित भएको छ । अब समृद्ध नेपाल र सुखी नेपालीको मूल नारा सहित आर्थिक विकासको पथमा सरकार, निजी क्षेत्र र सम्पूर्ण नेपाली एकजुट हुनु पर्दछ । 
राजनैतिक र सरकारी निकायहरुमा व्याप्त भ्रष्टाचारको न्यूनीकरण, निष्पक्ष न्याय र असल व्यावसायिक चरित्रको चाहना सम्पूर्ण नेपालीहरुको अपेक्षा रहेको छ । विगतका बेथितिहरुलाई बिर्सेर त्यसबाट पाठ सिक्दै नयाँ  वर्ष २०७५ को शुरुवातबाटै हामी सबैमा नयाँ सोच, नयाँ जोश, नयाँ दृष्टिकोण र नयाँ अवसरको विकास गरि समृद्ध नेपाल निर्माणको हाम्रो सपनालाई यथार्थमा परिणत गर्न हामी सबैलाई सफलता मिलोस हाम्रो शुभकामना !! 
स्थानीय स्तरमा पनि ३ नं. प्रदेशको अस्थायी राजधानी हेटौंडा बन्नु, विकासप्रेमी हेटौंडेली नेता मूख्य मंत्रीमा निर्वाचित हुनु तथा हेटौंडाकी बौद्धिक सुन्दरी मिस नेपाल २०१८ बन्न सफल हुनु यी आदि सफलताहरुबाट हेटौंडा सहर विकास र समृद्धिको प्रतिस्पर्धामा अगाडी आउने संकेतहरु देखा परेका छन् । विकसित भइ सकेका पूर्वाधारहरु र निर्माणका अन्तिम चरणमा रहेका कान्तिराजपथ, हेटौंडा – सिस्नेरी – दक्षिणकाली सडक र मुग्लिन-नारायनागढ़ सडकले हेटौंडालाई ३ नं. प्रदेशको स्थायी राजधानी बन्न सफल हुने यथार्थलाई प्रष्ट देखेको छ । यो सफलता पनि हासिल भएमा अति दुर्गम र विकट गाउँ वस्तीहरुमा रहेका गरिब र विपन्न परिवारहरुले पनि रोजगारी वा स्वरोजगारीको अवसर पाई नयाँ वर्षबाट उनीहरको जीवनस्तरमा पनि सुधार आउने देखिन्छ । यो नयाँ वर्षले यी र यस्ता प्रगतिहरुका लागि सबैलाई सफल बनाउन सकोस हाम्रो शुभकामना !! 
 
 

 
 
 
 
 

No comments