कृषि वस्तु आयातमा वृद्धि
चालु आर्थिक वर्षको पहिलो ७ महिनामा साढे ७५ अर्ब रुपैयाँ बराबरको
कृषिजन्य वस्तु आयात भएको छ । रासायनिक मल, सिँचाइ र बजारीकरणको
अभावले कृषि उपजको आयात बढेको हो । कृषियोग्य जमिन गैरउत्पादनमा परिणत हुँदा आयात
बढेको विज्ञ बताउँछन् । व्यापार 
तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालु
आर्थिक वर्षको पहिलो ७ महिनामा ७५ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कृषि सामग्री आयात
भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने करिब २२ अर्ब रुपैयाँले कम हो
। केन्द्रको तथ्यांकअनुसार अघिल्लो वर्षको पहिलो ७ महिनामा ९८ अर्ब ५० करोड रुपैयाँको
कृषि वस्तु आयात भएको थियो ।
केन्द्रका अनुसार सबैभन्दा बढी चामल, मकै, आलु, सनफलावर
तेल, फलफूल आयात भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत
कृषि वस्तुहरूको आयात प्रतिस्थापन गर्ने भनिएको छ । कृषि वस्तुको उत्पादन र बजारीकरणमा
कृषि मन्त्रालयले पहल गर्नुपर्ने र व्यापार घाटा घटाउन मुख्यत: आयात प्रतिस्थापनमा
जोड दिनुपर्ने जानकारहरुको सुझाब रहेको छ । केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी
चामल आयात भयो । ७ महिनाको अवधिमा १७ अर्ब २३ करोड ८५ लाख रुपैयाँको चामल आयात भएको
छ ।
कृषियोग्य जमिन प्लटिङ गरी र गैरकृषि उत्पादनमा प्रयोग भएकाले पनि
उत्पादन वृद्धि हुन नसकेको र जसले गर्दा आयातमा निर्भर हुनुपरेको विज्ञहरु
बताउँछन् । उत्पादन र उत्पादकत्व घटेकाले पनि समस्या भएको उनीहरुको भनाई रहेको छ ।
दोस्रोमा मकै आयात भएको छ । तथ्यांकअनुसार ६ अर्ब ९५ करोड १२ लाख रुपैयाँको मकै आयात
भएको छ । ६ अर्ब १४ करोड ६४ लाखको हरियो तरकारी र ३ अर्ब ३ करोड ७१ लाख रुपैयाँको
फलफूल आयात भएको केन्द्रले जनाएको छ । तरकारी मुख्यत: भारतबाट र फलफूल चीनबाट आयात
हुन्छ । आयात हुने अधिकांश तरकारी कालीमाटी तथा फलफूल बजारमा भित्रिन्छ । कृषि व्यवसाय
परम्परागत रूपमा सञ्चालन हुनुले पनि आयात बढेको जानकारहरू बताउँछन् ।
 
 

 
 
 
 
 

No comments