इन्धनको मूल्य किन बढी?
करिब एक महिनाको अवधिमा पटक पटक गरि नेपाल आयल निगमले तिन पटकसम्म मूल्य वृद्धि गरेकोमा उपभोक्ताहरु निकै असन्तुष्ट देखिएकाछन् । अन्तराष्ट्रिय मूल्यको आधारमा नेपालमा स्वचालित मूल्य समायोजन व्यवस्था सरकारले लागु गरेता पनि अन्तराष्ट्रिय मूल्यमा गिरावट आएको समयमा पनि नेपाल आयल निगमले इन्धनको मूल्य बढाउँदै आएको छ । इन्डियन आयल कर्पोरेशन (आई.ओ.सी.) ले प्रत्येक महिनाको १ र १५ तारिखको दिन नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको र सोहि आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्नुपर्ने सरकारको निर्देशन भएता पनि आइ.ओ.सी.ले मूल्य बढाएको बेला निगमले सो अनुपातमा त बढाउँछ नै तर बेला न कुबेला उसले लिएको ऋण  तिर्न भन्दै अनुचित रुपमा मूल्य वृद्धि गर्ने गरिरहेको बुझिएको छ । 
देशमा इन्धन आपूर्ति गर्ने एकाधिकार पाएको सरकारी संस्थाको रुपमा रहेको नेपाल आयल निगममा खर्चको दुरुपयोग, भ्रष्टाचार, चुहावट जस्ता इत्यादि कारणहरुले गर्दा उपभोक्ताहरुले इन्धनको मूल्य बढी तिर्नु पर्ने बाध्यता रहेको छ । तर अन्तराष्ट्रिय बजारमा तेलको मूल्य लगातार घट्दा नेपालमा सोहि अनुपातमा मूल्य नघटाई उपभोक्ताको शोषण गर्दै आफू घाटामा गएको देखाई अनेक सुविधाहरु लिने गरिरहेको पनि देखिएको छ ।
अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घट्दा र बढ्दा पनि उपभोक्ताहरुले चर्को मूल्यमा इन्धन खरिद गर्नुपर्ने बाध्यता हटाउन सरकारले कि भने नेपाल आयल निगमको एकाधिकार तोडेर निजि क्षेत्रलाई पनि आपूर्ति गर्न दिनु पर्यो कि त नेपाल आयल निगमको यसप्रकारको ठगीलाई नियन्त्रण गर्न सक्नु पर्यो 
 
 
 
 
 
 
 

No comments