वोलीको बोली
नेपालको ४१ औं प्रधानमन्त्री तथा आफ्नो जीवनकालमा दोस्रो पटक साथै गणतान्त्रिक संविधान कार्यान्वयनसंगै बनेको प्रतिनिधि सभाले चुनेको पहिलो प्रधानमन्त्री बन्न सफल भएका राजनीतिज्ञ हुन् के.पि. शर्मा वोली । गणतन्त्रको लामो यात्रामा दशौँ हजार नेपालीहरुको बलिदान पछी हासिल भएको गणतान्त्रिक राज्य व्यवस्थाबाट नेपाली जनताहरुले ठूलो अपेक्षा राखेकाछन् । जनताको अपेक्षा बुढाबुढी, बेरोजगार र बच्चाहरुलाई मासिक एक दुई हजार बाड्ने होइन बरु दीगो र द्रुत आर्थिक विकास गरि देश र जनताहरुलाई समृद्ध र शक्तिशाली बनाउने नै हो । 
केहि दिन अघि नेपाल व्यवस्थापन संघको ३७ औं व्यवस्थापन कन्भेन्सनमा प्रमुख अतिथि रहनु भएको वोलीले अब राजनैतिक संक्रमण लगभग टुंगिएको र अब देश आर्थिक विकासको “टर्निंग पोइन्ट” मा रहेको जानकारी गराएका थिए । आर्थिक समृद्धि तिन करोड जनताको अपेक्षा हो र यो सत्य सबै राजनैतिक दल र दलका नेताहरुले नबुझेका भने पक्कै होईनन् ।त्यसैले यसपटकको चुनावमा आर्थिक समृद्धि नै सबै दलहरुको नारा बनेको पनि थियो । वलीले केहि दिन अगाडी मात्र बोलेको टर्निंग पोइन्टबाट देशलाई अगाडी बढाउने नेतृत्व पनि अहिले उनले नै पाएकाछन् । 
गत बिहिबार प्रधानमन्त्री पदको कार्यभार सम्हाल्दै मंत्री परिषदको बैठकले आशा लाग्दो निर्णयहरु गरेको छ । पहिलो निर्णयले उत्पादन वृद्धि, पूर्वाधार निर्माण, रोजगारी, भ्रष्टाचार मुक्त, सुशासन प्रति सरकार प्रतिबद्ध रहेको देखिन्छ । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली पश्चात जनताका प्रतिनिधिहरुले यस्ता मिठा गुलिया सपनाहरु जनतालाई नदेखाएका होइनन्  तर कार्यान्वयन सधैं फितलो र न्यून नै रहँदै आएको थियो । यसपटक फेरी जनताले वोलीको बोलीमा आशावादी हुनै पर्ने भएको छ । 
संघियता लागु भएको छ, चुनौतीहरु असंख्य छन् । स्रोत र साधनको जोहो र बाँडफाँड झनै चुनौतीपूर्ण छ । यी चुनौतीहरुसंग जुध्ने र नेपालमा संघीयतालाई सफल बनाउने काममा नवनियुक्त प्रधानमन्त्रीलाई सफलता मिलोस् हाम्रो हार्दिक शुभकामना !!
 
 
 
 
 
 
 

No comments