Add

Add

घटेन व्यापार घाटा




देश समृद्ध हुनको लागि देशको उत्पादनशील क्षेत्रमा सक्रिय भई उत्पादन बढाउँदै लैजानु पर्दछ । बढेको उत्पादनले एकातर्फ आयातलाई प्रतिस्थापन गर्दछ भने आन्तरिक माग पूरा भई अन्य देशहरुमा आफ्नो उत्पादन निर्यात गरि देशको आया बढाई देश र जनतालाई समृद्ध बनाउन सकिन्छ । नेपाल राष्ट्र बैंकबाट हालै प्रकाशित एक तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ को चार महिनासम्म कूल वस्तु निर्यात ७.५ प्रतिशतले मात्र वृद्धि भयो भने सोहि अवधिमा कूल वस्तु आयात १०.८ प्रतिशतले बढेको छ । जसले गर्दा सो अवधिमा कूल वस्तु व्यापार घाटा ११.१ प्रतिशतले बढेको छ । व्यापारघाटालाई कम गर्न सेवा आय र विप्रेषण आयले थेग्दै आएकोमा यस अवधिमा कूल सेवा आयमा ६ प्रतिशत र कूल सेवा खर्च १३.९ प्रतिशतले बढेकाले सेवा आय समेत साढे दुई अर्बले घाटामा रहेको छ ।

समिक्षा अवधिमा विप्रेषण आप्रवाहमा समेत १.४ प्रतिशतले कमि आएको पाइएको छ । बैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको संख्यामा पनि १ प्रतिशतले कमि आएको देखिन्छ । फलस्वरूप, अघिल्लो वर्षको चार महिनामा रु. १ अर्ब ८६ करोडले बचतमा रहेको चालु खाता समिक्षा अवधिमा रु. २५ अर्ब ८१ करोडले घाटामा गएको छ । यस्तो अवस्था धेरै समयसम्म रही रहेमा बैदेशिक व्यापारको भुक्तानीमा समेत समस्या आउन सक्तछ । 

वर्तमान समयमा बैंक तथा वितीय संस्थाहरुमा देखिन थालेको तरलता अभावको मूल कारण पनि बैदेशिक आय घट्नु नै हो । तसर्थ उत्पादन र उत्पादनशील क्षेत्रलाई सक्रिय बनाउन प्राथमिकताका साथ् नीति नियम बनाई सो को कार्यान्वयनमा ध्यान जानु अपरिहार्य छ ।

No comments

Powered by Blogger.