Add

Add

मेलाको झमेला !


पौष र माघ महिना हाम्रो देशमा प्राय मेलाको सिजन हुने गरेको हामीले पाइरहेका छौं । यसो हेर्दा एउटा संस्था वा समूहले कुनै मेला महोत्सव आयोजना गरिरहेका हुन्छन् भने सर्वसाधारण मेला महोत्सव हेर्न आउने गर्दछन् । त्यहाँ आम्दानी हुन्छ, खर्च हुन्छ साथै आयोजकलाई केहि बचत पनि हुन्छ । कुरा यति मात्र होइन । उधोग व्यवसायमा संलग्न नभएका संस्था वा समूहले उधोग व्यापार मेलाको आयोजना गर्ने, ज्योति मगर वा कोमल वलीको नाच र गीतबाट दर्शकहरुको भीड जम्मा गर्ने, कमसल र गुणस्तरहीन खाध पदार्थ तथा अन्य सामाग्रीहरुको विक्री वितिरण गरी उपभोक्तालाई झुक्याउने काम पनि मेला महोत्सवमा हुने गरेकाले नियमक निकायहरु यस्ता मेला महोत्सवको आयोजना गर्न दिने पक्षमा त्यति सकारात्मक भएको देखिदैन । भीड जम्मा हुने भएपछी अतिरिक्त सुरक्षाको व्यवस्था गर्नु पर्ने, मेला महोत्सव भित्र हुने व्यापारिक कारोबारबाट सरकारलाई राजस्व नआउने, मेलाको आम्दानी र खर्चको पारदर्शिता नरहने आदी पक्षहरु पनि जटिल रुपमा देखा परेको हामी प्रष्टै देख्न सक्दछौं । 

गत वर्ष मकवानपुर उधोग संघले औधोगिक मेला गर्न खोज्दा व्यापार गर्नेहरुले विरोध गरे । यो वर्ष लायन्स क्लवले आयोजना गर्न लागेको मेलामा पनि विरोध भयो । मेला महोत्सव आयोजना गर्नु ठिक हो होइन वा कुन निकायले मेला महोत्सव आयोजना गर्नु ठिक हो ? मेलाको उदेश्य पैसा कमाउने मात्र हुनुपर्ने वा उधोग व्यापार प्रवर्द्धनात्मक मात्र हुने ? मेलाको नाममा कर/राजस्व मिनहा गर्ने की नगर्ने? आदी इत्यादी विषयमा नियमक निकायहरु बसी एउटा दीगो निष्कर्षमा पुग्नु आवश्यक छ । 

मेला महोत्सव गरि स्कूल बनाउँछु, अस्पताल खोल्छु, खेलकुदको विकास गर्छु भन्ने सोचलाई पनि पुनरावलोकन गरि यी कामहरु त सरकारले पो गर्ने हो र यसको लागि सरकारलाई नै घचघचाउने हो की ? 



No comments

Powered by Blogger.