Add

Add

जनता नै सर्वोपरी !




एक दशक बढीको प्रजातन्त्र देखि लोकतन्त्र अनि गणतन्त्र सम्मको यात्रामा सत्तामुखि राजनीति, भागबन्डा, दलबदल, खरिदविक्री र चलखेल आदी व्यहोर्दै आएका जनताले गणतान्त्रिक संविधान अन्तर्गत भएको पहिलो चुनावमा बामगठबंधनलाई सरकार चलाउन बहुमत दिएकाछन् । 

नयाँ संविधान भएको र यो कार्यान्वयनको अवस्थामा रहेकाले संविधानका केहि कमि र अस्पष्टता मै टेकेर फेरी राजनीतिक किचलोहरू गरिरहनु उपयुक्त देखिदैन । जनताले राजनीति किचलो र चलखेल लामो अवधि देखि झेल्दै आइरहेकाछन् र यसबाट वाक्क दिक्क भई यस पटक मिलेर आएका एक गठबन्धनलाई सरकार चलाउन म्यान्डेट दिएकाछन् । 

नीजि क्षेत्रले पनि यसपटक स्थायी सारकारको नै चाहना राखेको थियो । एनआरएन पनि लगानीमैत्री वातावरण भए अरबौंको लगानी ल्याउन हौसिएको छ । अर्थात सबै नेपालीहरुको चाहना हो आर्थिक विकास र समृद्धि । यहि चाहना परिपूर्ति गर्न नै जनताले एउटा गठबन्धनलाई बहुमत दिएको हो । दातृ निकायहरु, छिमेकी राष्ट्र र नेपाली राजनीतिक सबै दलहरुले जनता नै सर्वोपरी हो भन्ने तथ्यलाई स्वीकार गर्दै नेपालको द्रुत आर्थिक विकास र समृद्धिमा सघाउने विश्वास लिन सकिन्छ ।

No comments

Powered by Blogger.