Add

Add

अल्पाइन सेन्चुरीमा समाहित



          मकवानपुर जिल्लामा केन्द्रीय कार्यालय रही विगत १० वर्ष देखि मकवानपुर, चितवन र काभ्रे जिल्लाहरुमा १५ वटा शाखा र २ वटा एक्सटेन्सन काउन्टरहरुको संजालबाट बैंकिंग सुविधा पुर्याउदै आएको अल्पाइन डेभलपमेन्ट बैंक हिजो आइतबार देखि सेन्चुरी कमर्सियल बैंकमा समाहित भई एकिकृत कारोवार शुरु भएको छ। 
         देशको आवश्यकता भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु संचालनमा रहेको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक आपसमा गाभिन वा प्राप्ति गर्न मनोवैज्ञानिक दवाब सृजना गरेकाले स-साना बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिने वा अन्य ठूला बैंकहरुमा समाहित हुने क्रम बढेको हो । यसै क्रममा अरनिको डेभलपमेन्ट बैंक, इनोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स सेन्चुरी कमर्सियल बैंकमा समाहित भएको बुझिएको छ ।

       


नेपाल राष्ट्र बैंकले दुई वर्ष अघि वाणिज्य बैंकहरुलाई २०७४ पौष मसान्त सम्म चुक्ता पूँजी रु. २ अर्बबाट बढाएर रु. ८ अर्ब पुर्याउने निर्देशन दिएको थियो । सेन्चुरी कमर्सियल बैंकमा उपरोक्त ५ वटा वित्तीय संस्था समाहित भई आ.व. २०७३/७४ को मुनाफाबाट बोनस शेयर वितरण पश्चात रु. ८ अर्ब चुक्ता पूँजी पुग्ने बुझिएको छ । मङ्सिर २४ गते देखि हुने एकिकृत कारोवारसंगै अल्पाइन डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरुले वाणिज्य बैंकले प्रदान गर्ने सम्पूर्ण सुविधाहरु उपलब्ध गर्नेछन् ।

No comments

Powered by Blogger.