बजारमा पाइने ताजा तरकारी खान अयोग्य
कृषि विकास मन्त्रालयअन्तर्गत बाली
संरक्षण निर्देशनालयको तथ्यांक अनुसार हरेक वर्ष संकलन हुने तरकारीमध्ये १०
प्रतिशत खान अयोग्य हुने गरेको पाइएको छ भने बाँकी ९० प्रतिशत खान योग्य भएपनि ती
अर्गानिक नभएको बुझिएको छ । उपभोग गर्नै नमिल्ने गरी विषादिको प्रयोग तरकारीमा
गर्दा शरीरमा गम्भिर रोग भित्र्याउने कारक तरकारी नै बनिरहेको गम्भीर तथ्य अगाडी
आएको छ।
तथ्यांक अनुसार गोलभेंडामा सबैभन्दा
बढी विषादिको प्रयोग हुने गरेको पाइएको छ । गोलभेंडापछि काउलीमा र आलुमा बढी
विषादिको अवशेष भेटिने गरेको बुझिएको छ ।त्यसैगरी सिमी, तितेकरेला र खुर्सानीमा
विषादिका अवशेष अधिक पाइएको छ भने लौका, काँक्रो, भेंडेखुर्सानी लगायत तरकारी पनि
अस्वस्थकर पाइएका छन् । असार ०७१ देखि तरकारीमा विषादीको मात्रा परीक्षण गर्न
थालिएको हो । उक्त एकाइले छड्के जाँचमार्फत् संकलित नमूना आफ्नो प्रयोगशालामा
परीक्षण गरिरहंदा यस्तो तथ्य देखा परेको हो ।
बजारमा भेटिने तरकारी मध्ये
सबैभन्दा बढी विषादि भारतबाट भित्रिने तरकारीमा भेटिने गरेको छ । अहिलेसम्म भारतमा
उत्पादित नौ वटा नमूनामा अधिक विषादि भेटिएको छ । त्यसपछि काभ्रेको उत्पादन बढी
विषाक्त भेटिने गरेको छ । हालसम्म काभ्रेका आठ वटा नमूनामा धेरै मात्रामा विषादिको
अवशेष पाइएको छ । त्यसैगरी धादिङ, चितवन, बारा, पर्सा र सर्लाहीका तरकारी पनि त्यति
स्वस्थकर भेटिएका छैनन् ।
सबैभन्दा धेरै विषादियुक्त तरकारी माघ महिनामा बजारमा भित्रिने
गरेको देखिन्छ । त्यसपछि साउन र मंसिरमा बजारमा पाइने तरकारीमा विषादिको अवशेष बढी
पाईने तथ्यांकमा उल्लेख छ । त्यस्ता विषादिले मानव स्वास्थ्यमा मन्दविषको काम
गरिरहेको विज्ञहरु बताउँछन् ।


No comments