Add

Add

सामूहिक जमानीमा दिईने कर्जाको बिमा हुने

भूकम्प प्रभावितका लागि बैंक तथा वित्तीय संस्थाले दिने निब्र्याजी सामूहिक जमानी कर्जाको बिमा हुने भएको छ । सरकारले भूकम्प प्रभावितका घर निर्माणका लागि दिने निब्र्याजी कर्जाको लागत भुक्तानी कोष खडा गरी बिमा गर्ने भएको हो । अर्थ मन्त्रालयले भूकम्प प्रभावितलाई सामूहिक जमानीमा निब्र्याजी कर्जा प्रवाह गर्न कार्यविधि तयार गरी कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकलाई पठाएको जानकारी प्राप्त भएको छ । सो कार्यविधिअनुसार भूकम्प प्रभावितको परिचयपत्र भएको ब्यक्तिले तीन वर्षदेखि पाँच वर्षसम्मका लागि ३ लाख रुपैयाँ निब्र्याजी कर्जा पाउनेछन् । तर, कर्जाको ब्याज, बिमा तथा सुरक्षणका लागि नेपाल सरकारले कोष खडा गरी आवश्यक शुल्क भुक्तानी दिने जनाएको छ । कार्यविधि लागू भएको तथा कर्जाको कर्जा सुरक्षण निगममा बिमासमेत हुने नेपाल राष्ट्र बैंकले बताएको छ। 

कार्यविधिअनुसार निब्र्याजी कर्जा वितरण गरेको बैंक वित्तीय संस्थालाई नेपाल सरकारले त्रैमासिकरुपमा सोही कोषबाट सञ्चालन खर्चमा २ प्रतिशत थप गरेर भुक्तानी दिनेछ । यस सन्दर्भमा राम्रा बैंकको सञ्चालन खर्च कम छ भने मध्यम बैंकको सञ्चालन खर्च धेरै रहेको छ । यस विषयमा पनि स्पष्ट हुनु आवश्यक रहेको केन्द्रीय बैंकको सुझाव रहेको छ । 

यसरी प्रवाह भएको कर्जाको वर्गीकरण, नोक्सानी व्यवस्था, निरीक्षण तथा सुपरिवेक्षणको काम नेपाल राष्ट्र बैंकले गर्ने उल्लेख छ । तर, भूकम्प प्रभावितका लागि प्रवाह गरेको निब्र्याजी कर्जा विपन्न वर्गमा गणना हुनेछ । यो कर्जा बैंक वित्तीय संस्थाले सरल, सहज र छरितो तरिकाबाट प्रबाह गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख रहेको बुझिएको छ । 



No comments

Powered by Blogger.