बन्दको हल्ला किन ?
गत शुक्रवार नेपाल बन्द आह्वान कर्ता भनी हल्ला गरिएको पक्षले नै हामीले बन्द आह्वान गरेका होइनौ भन्दा भन्दै पनि बन्दको असर भने विधार्थीहरुको अध्ययनमा मात्र परेको देखियो ।उधोग, व्यवसाय र यातायात यथावत संचालनमा रहेको पाइयो । शुक्रवार चलेको बन्द हुने हल्लाले केहि प्रश्नहरु तेर्सिएका छन् र त्यसको उत्तर हामी नेपालीले खोज्नु जरुरी छ ।
मूख्य रुपमा नेपाल बन्द जस्तो कडा कदम सत्ता पक्षबाट गरिएको गम्भीर गल्ती , बदमासी, जनहित विरुद्धको कार्यको विरोधमा त्यस्ता गल्ती सच्याउन दवाब स्वरूप आह्वान गर्ने गरिन्छ र त्यस्तो आह्वानलाई जनताहरुले पनि समर्थन गरी बन्द आह्वानलाई सफल पारी दवाब सृजना गर्ने कार्यलाई साफल बनाउने हो । तर अचेल बन्दको हल्ला हल्ला चलेपछि "कसले र किन?" भन्ने प्रश्न नगरी आ-आफ्नो क्रियाकलापहरुलाई बन्द गरी आफू घरमा बन्दी भई बस्ने प्रवृति बढेर गएको छ । हामी अल्छी हुँदै गएका हौँ की? बन्दको हल्ला मात्रले हामीलाई रोमान्चित गर्न थाल्यो की? हामी बढी नै पो आतंकिंत हुन थाल्यौं की? बन्द हाम्रो दिनचर्याको अभिन्न टड्कारो आवश्यकता बनेर गएको पो हो की? होइन भने शुक्रवारको बन्द आह्वानकर्ता भनिएको पक्षले हामीले बन्दको आह्वान गरेको छैनौ भन्दा भन्दै स्कूल र कलेजहरु किन बन्द गरीए ? तिन सय पैसठ्ठी दिनमा १८२ दिन भन्दा बढी बिदा, पर्व र आकस्मिक कारणहरुले विधार्थीहरुको पठन पाठन नभई रहेको अवस्थामा झन् यस्ता हल्लाले विधार्थीहरुको शिक्षामा नै नकारात्मक असर पर्ने गर्दछ ।
बन्द आह्वानकर्ताहरुले यो सोच्नु पर्ने भयो कि अचेल अधिकांश जनताहरुले बन्दलाई स्वीकार गरी आफूलाई बन्दी बनाउन थालेकाले जसका विरुद्ध बन्द आह्वान गरिएको हो उसलाई कुनै दवाब नपर्ने बरु जनताको काम एक दिन पर धकेलिने मात्र हो । हल्ला सम्प्रेषण गर्ने माध्यमहरुले पनि खबरको आधिकारिकता जांच गरेर मात्र प्रसारण गर्नु पर्ने आवश्यकता टड्कारो छँदैछ ।

No comments