नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली पूर्ण स्वचालित बनाउन अझै समय लाग्ने भएको छ । यसअघि नेप्सेले मंगलबारदेखि अनलाइन कारोबार गर्ने घोषणा गरेको थियो ।
नेप्सेको नयाँ कारोबार प्रणालीका १६ वटा मोडल रहेकाले सबैको विस्तृत अध्ययन गर्दै काम गर्दा केही ढिला भएको बुझिएको छ ।
बाइसीओ प्राइभेट लिमिटेडसँग १४ महिनाभित्र परियोजना सम्पन्न गर्ने गरी सम्झौता भएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय समितिमा परेका उजुरी तथा अदालती मुद्दाका कारणले परियोजना अगाडि बढ्न नसकेको सम्बन्धित पक्षले बताएको छ । अनलाइन सिस्टमका लागि नेप्सेले आवश्यक हार्डवेयर प्राप्त गरिसकेको छ । धितोपत्र दलालमार्फत मार्जिन कारोबार गर्ने/गराउने सन्दर्भमा नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएस एन्ड क्लियरिङ तथा सदस्य दलालहरूबीचमा छलफल भएको नेप्सेले बताएको छ । नेपाल धितोपत्र बोर्डबाट ‘मार्जिन कारोबारसम्बन्धी निर्देशन, २०७४’ जारी भइसकेको छ । ‘लगानीकर्तासँग नेप्से’ नामको कार्यक्रम सञ्चालन गरी सबै प्रदेशमा जनचेतनाको कार्यक्रम गर्ने योजना रहेको सानेप्सेले ले जानकारी दिएको छ ।
No comments