Add

Add

हिउँदमा लोडसेडिङ नहुने संकेत

 भारतबाट आगामी हिउँदमा ५५ मेगावाट विद्युत् आगामी हिउँदमा आयात नहुने भएको छ । मंसिरसम्ममा २२० केभीको ढल्केबर सबस्टेशन निर्माण सम्पन्न हुने बेलामा ठेकेदार कम्पनीले ठेक्का तोडेपछि हिउँदमा भारतबाट थप आयात नहुने भएको हो । भारत र नेपालबीच ढल्केबरमुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनमार्फत १ सय ६० मेगावाट आयात गर्ने सम्झौता भए पनि ढल्केबर सवस्टेसन निर्माण नभएको कारणले दुई अस्थायी ट्रान्सफर्मर राखेर विद्युत् आयात हुँदै आएको छ ।
गत वर्षको हिउँदमा १ सय ४५ मेगावाटसम्म आयात गरिएको थियो । ढल्केबर सबस्टेशन नबन्दा भारतबाट ढल्केबरमुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने भनिएको ५५ मेगावाट विद्युत् आयात नहुने भएको छ । लक्ष्यअनुसार आयात कम भए पनि आगामी हिउँदमा लोडसेडिङ नगर्ने गरी प्राधिकरणले तयारी अघि बढाएको बुझिएको छ ।
मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाको काम ९० प्रतिशत सकिएपछि ठेकेदार कम्पनीको अनावश्यक सर्तको कारण ठेक्का तोड्नुपरेको प्राधिकरणले जनाएको छ । तुरुन्तै निर्माण गर्नुपर्ने सवस्टेशनको ठेक्का तोडिएपछि अब कसरी अघि बढ्ने भन्ने टुंगो लागि नसकेको बुझिएको छ । हाल भारतीय परामर्शदाता कम्पनी र विद्युत् प्राधिकरणले सम्पन्न भएर बाँकी भएको कार्यहरू र लाग्ने लागतबारे अध्ययन गरिरहेको प्राधिकरणले जानकारी दिएको छ ।


No comments

Powered by Blogger.