घर बनाउनका लागि विश्व बैंकले थप ऋण दिने
सरकारले विश्व बैंकसँग थप ३०
अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको छ । सरकारले भूकम्प पीडितलाई घर बनाउनका लागि
दिने अनुदान रकम नुपग्ने भएपछि विश्व बैंकसँग थप ३० अर्ब रुपैयाँ सहुलियत ऋण लिने
भएको हो । बैंकले केही दिन अघिमात्र शासकीय सुधारलगायत अन्य
क्षेत्रमा १५ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।
विश्व बैंकको सहायतामा
सञ्चालित परियोजनाको प्रगतिका बारेमा विश्लेषण हुनुका साथै भूकम्प पीडितलाई घर
बनाउनका लागि शून्य ब्याज दरमा ऋण माग्ने नेपाल सरकारले जानकारी दिएको छ । विश्व
बैंकले नेपाललाई थप सहयोग गर्न सकरात्मक
भएको बुझिएको छ । हालसम्म बैंकले झण्डै ३५ अर्ब रुपैयाँ अनुदान दिइसकेको छ ।

No comments