Add

Add

शुभ दिपावली

                          विजया दशमीको लगतै आउने पर्व संहार मै रहेकोले बजारमा पुन: चहलपहल देखिएको छ । दिपावली चाड माता लक्ष्मीको आराधाना गरी धन र सम्पन्नताको कामना गर्ने पर्व हो । काग तिहार देखि भाई टिकासम्म ५ दिन यो चाड हर्षोल्लासका साथ मनाउदै आएको छ । गरिबले आफ्नो विपन्नताबाट मुक्ति पाउन, धनवानले अझै बढी धन आर्जन गर्न र भ्रष्टाचारीले भ्रष्टाचार गरेर कमाएको धनमा कसैको आँखा नलागोस भनी धनधान्य देवी लक्ष्मी माताको पुजापाठ आराधना गर्दछन् ।
           प्रत्येक वर्षको कार्तिक महिनामा पर्ने यो पर्वको मौसममा पहेलो सयपत्री फूलले घर,आगनबारीलाई विशेष सौन्दर्यता थपिदिएको हुन्छ । दिपावली पर्वमा घर आगन, पसल सफा गर्ने, रंगरोगन गर्ने र झिलिमिली बत्तिहरु बाली देवी लक्ष्मी मातालाई आफ्नो घर र व्यवसायमा तन,मन र घनले स्वागत गर्ने र माताको आशिर्वाद पाउने चाहाना राखिएको पाइन्छ । तर वास्तवमा देवी लक्ष्मीको भक्तिपूर्ण आराधना गर्दैमा माताले धनको वर्षा गरिदिनु हुन्छ भन्ने चाहीं पक्कै होइन । बरु माताको आराधनाबाट माताको आशिर्वादले धन आर्जन गर्ने कार्यमा आफूलाई संलग्न गराउन सफलता मिलोस भन्ने कामना मात्र गर्ने हो ।कर्म नगरी धन आर्जनको कल्पना गर्न सकिन्न । यो चाडमा झिलिमिली बत्तिसंगै पटाका आदि बाल्न विशेष गरी बालबालिकाहरु रमाइलो मान्दछन् । तर जोखिमपूर्ण पनि रहेकाले यसमा बालबालिकाहरुलाई प्रोत्साहन गर्नु उपयुक्त हुँदैन ।
                      विभिन्न क्लव वा समूहहरुले देउसी भैलो खेल्ने चलन पनि रहेको छ । देउसी भैलो खासगरी नाच गानको रुपमा रमाइलो गर्ने र यसबाट संकलन भएको रकम स्थानीय सामाजिक काममा लगाउने कार्य पनि राम्रो हो तर देउसी भैलोबाट संकलन गरिएको रकम पिकनिक र भोजभतेर गरेर खर्च गर्ने कार्यलाई समाजले त्यति राम्रो मान्दैन । शुभ दिपावलीलाई सभ्य र भव्य रुपमा मनाऔं ।सम्पूर्ण पाठक तथा शुभचिन्तकहरुमा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना !!

No comments

Powered by Blogger.