तरकारीको मूल्य दोब्बर
बजारमा कृत्रिम अभाव देखाएर
व्यापारीहरुले केही दिनयता हरियो तरकारीको मूल्य दोब्बरले बढाएका छन् । तिहारको
मौका छोपेर व्यापारीले तरकारीमा कृत्रिम अभाव देखाएर मूल्य बढाएका हुन् । आयातमा
भएको सामान्य कमीको फाइदा उठाउँदै व्यवसायीले मनपरी ढंगले मूल्य बढाउँदा त्यसको प्रत्यक्ष
असर उपभोक्तामा परेको जानकारहरु बताउँछन् ।
अधिकांश तरकारीको मूल्य बढ्दा
आमउपभोक्ताले महंगोमा खरिद गर्नुपरेको छ । तिहारमा खपत धेरै हुँदा व्यवसायीले
मुल्य बढेर आएको भन्दै
दोब्बर मूल्य बढाएर उपभोक्ता ठगिरहेका छन् । खोपे
गल्लीका खुद्रा व्यापारीले बजारमै तरकारीको मुल्य बढेर आएकाले हेटौंडामा पनि मूल्य
बढेको बताएका छन् ।
तिहारका कारणले बजारमा तरकारीको
आयातमा सामान्य कमी भएको खोपेगल्लिक तरकारी व्यवसायीहरुले जानकारी दिए । आयात कम
भएकाले पनि तरकारीको मूल्य बढेको उनीहरु बताउँछन् । अन्य समयको तुलनामा चाडपर्वमा
माग धेरै हुँदा खपत बढ्दै जान्छ, “माग र
आपूर्तिको तालमेल नमिल्दा बजारमा मूल्य बढ्ने उनीहरको दावी रहेको छ ।
तिहार र छठको मौका छोपी
व्यवसायीले तरकारीमा दोव्बरले मूल्य बढाएको उपभोक्ताहरुको गुनासो रहेको छ ।
मनपरी मूल्यवृद्धि गर्ने व्यवसायीहरुलाई अनुगमनको दायरामा ल्याएर कारबाही
गर्नुपर्ने उपभोक्ताहरु बताउँछन् ।


No comments