Add

Add

गढी दरबार पूनर्निर्माण गरिने

मकवानपुरको चर्चित पर्यटकीय स्थलहरुमध्ये एक ऐतिहासिक मकवानपुरगढी दरबारको पूनर्निर्माण गरिने भएको छ ।
मकवानपुरगढी पूनर्निर्माणका लागि मकवानपुर गढी पर्यटन विकास समन्वय समितिले ४० करोड रुपैयाँ खर्चने गरी गुरुयोजना तयार गरी पुरातत्व विभागमा पेश गरिसकेको छ । विभागले पहिलो चरणमा मकवानपुर गढीको सिमाना छुट्याई पुर्ननिर्माण कार्य थाल्ने भएको छ । जसका लागि ८५ लाख रुपैँया विनियोजन गरिएको छ ।
जिल्ला समन्वय समितिको सहयोगमा सबै संरचना पुनर्निर्माणका लागि ४० करोड रुपैँया खर्चिने गरी गुरुयोजना बनाएर विभागमा पेश गरेको बताउँदै विभागले योजना स्विकृत गरी क्रमशः पुनर्निर्माणको काम अघि बढाउने आवश्वासन दिएको बताएको छ  । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले सांसद विकास कोषमार्फत ४० लाख रुपैँया गढीदरबार पुर्ननिर्माण शुरुवातका लागि प्रदान समेत गरेको बुझिएको छ ।
बानियाँको सक्रियातामा गुरुयोजना तयार पारेको जनाईएको छ । समितिले पुरानो संरचनामा रहेको दुईतले गढी दरबार, दरबार परिसरमा दुईवटा मन्दिर, दुईवटा टावर लगायतका संरचना निर्माणको प्रस्ताव गरेको सम्बन्धित निकायले जनाएको छ ।



No comments

Powered by Blogger.