Add

Add

चुनावी तातो


             मङ्सिर महिना भित्रै दुई चरणमा दुई तहकै चुनाव हुँदैछ । नयाँ गणतान्त्रिक संविधानको कार्यान्वयनमा उब्जेको विभिन्न शंका उपशंका हट्ने भई प्रदेश प्र केन्द्रमा पदाधिकारीहरुको चयनसंगै संविधान पूर्ण रुपमा कार्यान्वायन हुनेछ । यस पटकको चुनावको विशेषता भनेको बामपन्थी र लोकतान्त्रिक दलहरुको चुनावी गठबन्धन नै रहेको छ । चुनावी गठबन्धन पछी पनि यी दुई गठबन्धनहरुमा स-साना पार्टीहरुको एकिकरणको सम्भावनाहरु पनि व्यक्त हुन थालेका छन् ।
            धेरै वर्ष देखि एउटा दलको स्पष्ट बहुमतको अभावमा खिचडी सरकारको गठन हुँदै आएको र त्यस्तो खिचडी सरकारमा स-साना दलहरु कै हाली मुहाली र घुर्किहरुको सामना गरी सत्ता टिकाउनु पर्ने वाध्यता रहेकोमा यसपल्ट दुई ठूला ठूला दलहरुले स्पष्ट बहुमतको चाहना राख्नु स्वाभाविक नै हो ।
            
            धेरै वर्षको संघर्ष पछी स्वेच्छाचारी निरंकुश शासन व्यवस्थालाई फाली गणतन्त्रको स्थापना संगै सर्व साधारण जनताहरुले देशको विकास र समृद्धिको सपना देखेका छन् । नयाँ चुनावसंगै नयाँ नेतृत्वको पनि आकांक्षा जनताले लिएता पनि यसपाली पनि जनताले उही पुराना अनुहारहरुलाई नै स्वीकार गर्नु पर्ने जस्तो देखिएको छ ।
           
           नयाँ संविधानको पहिलो निर्वाचन भएकाले एकपल्ट उही पुराना पात्रहरुले सत्ता संचालनको अवसरलाई देशको विकास र समृद्धिमा होमिन सकेनन् भने यो अवसर अन्तिम पनि हुन सक्ने कुरामा पुराना नेताहरुले हेक्का राख्नु जरुरी देखिन्छ ।


No comments

Powered by Blogger.