Add

Add

दसैं नजिकिएसंगै बजारमा चहपहल


नेपालीहरूको महान् पर्व बडादसैं सुरु भइसकेको छ । दसैं सुरु भएसँगै बजारमा चहलपहल पनि बढेको छ । सामान्यतः दसैंमा नयाँ सामान किनमेल गर्ने चलन नेपालीमा रहँदै आएको छ । यसले बजारमा दिनहुँ भीड बढ्दै छ ।
सहरबजारमा आएर विभिन्न पेसाव्यवसाय गर्दै आएकाहरू पनि दसैं मान्न आफ्नै थातथलो फर्कने गरेकाले पनि किनमेल बढी हुने गरेको छ । त्यसैले व्यवसायीहरूले अन्य बेलाको भन्दा दसैंका बेला निकै बढी व्यापार गर्ने गरेका छन् । यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने गरेको छ । तर, तराईका केही जिल्लामा आएको बाढीका कारण कतिपय स्थानमा दसैं खल्लो पनि भएको छ । यति हुँदाहुँदै पनि यस वर्षको दसैंलाई धेरै नेपालीले उल्लासपूर्ण रूपमा मनाउँदै छन् । दसैंका बेला भइरहेको सामान खरिदबिक्री लगाएतका कारण दसैंको माहोल अहिले उत्साहपूर्ण छ ।

दसैं सुरु हुन एक साता मात्र बाँकी रहँदा अहिलेदेखि नै बजारमा सामान किनमेल गर्नेका चहलपल बढ्न थालेको हो ।सडक पेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैंको चहलपहल बढ्न थालेको छ । दसैंमा सबैले नयाँ सामान किनमेल गर्ने भएकाले पनि बजारमा भीडभाड बढी हुन थालेको छ । विभिन्न व्यापारिक मलले दसैंलाई लक्षित गरी विभिन्न अफर योजना सार्वजनिक गरेका छन् ।
हेटौंडामा पनि मुख्य व्यापारिक क्षेत्रमा सामान खरिद गर्ने ग्राहकको भीडभाड लाग्न थालेको छ ।  स्कूलरोड़ , खोपेगल्ली, नारायणी मल , बुद्धचोक, बैंकरोड़, सीमाचोक, बसपार्क, राप्तीरोड़, कान्तिराजपथ लगायतका स्थानमा दसैंको चहलपहल बढेको छ ।  
दसैं नजिकिँदै गएकाले पनि सामानको विक्री दिनप्रतिदिन बढ्दै गएको व्यापारीहरु बताउँछन् । चाडपर्बमा सवैले सामान किन्ने भएकाले पनि अन्य सिजनको तुलनामा दोब्बर व्यापार हुने गरेको उनीहरुको भनाई रहेको छ।  चाडपर्वलाई लक्षित गरेर विभिन्न व्यापारिक पसल तथा मलमा सेलमा सामान विक्री भईरहेका छन् ।
चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा सामान खरिद गर्ने ग्राहकको भीडभाड लाग्ने गरेको छ । बजारमा भन्दा सुपथ मूल्य पसलमा सस्तोमा सामान पाइने भएकाले पनि ग्राहकको संख्या बढ्दै गएको ग्राहकहरु बताउँछन्।





No comments

Powered by Blogger.