Add

Add

चिल्ड्रेन पार्कमा निर्मित सुदर्शन-द्वार उदघाटित


हुप्राचौर चिसापानी हेटौंडा स्थित चिल्ड्रेन पार्कमा नव निर्मित मूल ढोका सुदर्शन-द्वार गत शनिवार विहान एक भव्य समारोह बीच उदघाटन भएको थियो ।
नलेज भिलेज नेपालका संस्थापक, अल्पाइन डेभलपमेन्ट बैंकका अध्यक्ष तथा यस साप्ताहिक पत्रिकाका प्रकाशक/सम्पादक सुदर्शनप्रसाद अधिकारीको रु. ३ लाख आर्थिक सहयोगमा उक्त सुदर्शन द्वार तयार भएको हो ।
हेटौंडा उपमहानगर पालिकाका मेयर हरिबोल महत,प्रमुख जिल्ला

अधिकारी चक्रबहादुर बुढा तथा दाता सुदर्शनप्रसाद अधिकारीले संयुक्त रुपमा उक्त द्वारको उदघाटन गर्नु भएको हो । उक्त कार्यक्रममा उपमेयर मिना लामा, कन्काई नगरपालिकाका मेयर लगाएत हेटौंडाका लब्ध प्रतिष्ठित व्यक्तित्व, लायन्स तथा लियो क्लबका पदाधिकारीहरु लगाएत ठूलो जनसमुदायको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान समेत गरी चियापान तथा प्रसाद वितरण गरिएको थियो ।


No comments

Powered by Blogger.