युनिलिभरले लाभांश दिने
बहुर्राष्ट्रिय कम्पनी युनिलिभर
नेपालले प्रतिसेयर १ हजार, २७० सय रुपैयाँ नगद लाभांश दिने भएको छ । आर्थिक वर्ष
०७३/७४ मा कम्पनीले गरेको नाफाबाट प्रति १ हजार शेयरको १ सय र कम्पनी सञ्चालनको
रजत वर्षको अवसर पारेर विशेष १७० रुपैयाँ थप नगद लाभांश दिने निर्णय गरेको
युनिलिभरले जनाएको छ । प्रस्तावित लाभांश पारित गर्न
युनिलिभरले २४ औं वार्षिक साधारणसभा असोज २० गते बोलाएको छ । गत आवमा युनिलिभरले
९६ करोड ५२ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको
नाफा १ अर्ब १२ करोड १७ लाख रुपैयाँ थियो र प्रति सेयर १०२० रुपैयाँका दरले नगद
लाभांश दिएको थियो ।
गत आवमा बिक्रीबाट हुने आम्दानी
झन्डै ६० करोड रुपैयाँ बढेको छ । गत आवमा युनिलिभरले ५ अर्ब १ करोड ८१ लाख रुपैयाँ
आम्दानी गरेको थियो । अघिल्लो आवमा उसको आम्दानी ४ अर्ब ४० करोड ५३ लाख रुपैयाँ
थियो । युनिलिभर नेपालको नाफा घटेपनि लाभांश भने बढेको सम्बन्धित पक्षले जनाएको छ ।

No comments